जिल्ला स्वास्थ्य कार्यालयबाट क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको भल्व फेर्ने जस्ता सेवाकाे सुविधा पाउने व्यवस्था
लुम्बिनी प्रदेश सरकारले जिल्लामा रहेको स्वास्थ्य कार्यालयबाट क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको भल्व फेर्ने जस्ता सेवाकाे सुविधा पाउने व्यवस्था मिलाएकाेको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले प्रदेश स्वास्थ्य उपचार बिशेष आर्थिक सुविधा निर्देशिका २०७८ लाई संसोधन गर्ने निर्णय गर्दै साे सुविधा जिल्ला बाटै उपलब्ध गराउने निर्णय गरेकाे हाे । संसाेधन संगै अव क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको भल्व फेर्ने सेवाको लागि प्रदेश स्वास्थ्य निर्देशनालयमा आउन नपर्ने भएको छ । जिल्लामा रहेको स्वास्थ्य कार्यालयबाट सो सुविधा पाउने व्यवस्था गरिएको छ ।
प्रदेश मन्त्रिपरिषद्को बैठकले अवकास प्राप्त राष्ट्रसेवकहरुको ज्ञापन, सीप र अनुभवको उपयोग गर्ने सम्वन्धि कार्यविधि २०८१ स्वीकृत गरेको छ । सरकारले सार्वजनिक प्रशानसन तथा व्यवस्थापन, कुटनैतिक, सुरक्षा व्यवस्थापन, न्याय तथा कानुन, भौतिक पू...








