रविन्द्र मिश्र र धवल शम्शेरलाई १५ दिन हिरासतमा राख्न म्याद थप


काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका रविन्द्र मिश्रसहित २० जनालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले राज्यविरूद्धको कसुरमा पक्राउ परेका रविन्द्र मिश्र, सांसद धवलशम्शेर राणासहित २० जनालाई १५ दिनको म्याद थप भएको सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए।

गोपाल मल्ल, गोपीकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाई, विष्णु पराजुली, धर्मगुरू बताउने पुस्कर खतिवडा, मुनिन्द्रराज भण्डारी, कुमार बस्नेत, अनिलकुमार थापा, तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, विष्णुजंग बस्नेत, देवीप्रसाद संग्रौला र प्रेम थापा मगरमाथि राज्यविरूद्धको कसुरमा अनुसन्धान भइरहेको हो।

उनीहरूसहित ५३ जनामाथि भने आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ। 

उनीहरूलाई भने २० दिनको हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी श्रेष्ठले बताए।संगठित अपराध कसुरमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने प्रावधान छ।

प्रहरीले त्यस घटनामा संलग्नको आशंकामा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिँदै आएको छ। ती व्यक्तिहरूलाई स्क्रिनिङ गरी संलग्न नदेखिएकाहरूलाई छाड्दै आएको हो। प्रहरीले सामाजिक सञ्जालमा देखिएका भिडिओ, फोटो, सिसिटिभी फुटेज लगायतका आधारमा पक्राउ गर्दै आएको हो।

चैत १५ गते भएको प्रदर्शनमा पत्रकार सुरेश रजक र सबिन महर्जनको मृत्यु भएको थियो। त्यस दिन २० जना गोली लागेर घाइते भएका थिए।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...