रविन्द्र मिश्र र धवल शम्शेरलाई १५ दिन हिरासतमा राख्न म्याद थप


काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका रविन्द्र मिश्रसहित २० जनालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले राज्यविरूद्धको कसुरमा पक्राउ परेका रविन्द्र मिश्र, सांसद धवलशम्शेर राणासहित २० जनालाई १५ दिनको म्याद थप भएको सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए।

गोपाल मल्ल, गोपीकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाई, विष्णु पराजुली, धर्मगुरू बताउने पुस्कर खतिवडा, मुनिन्द्रराज भण्डारी, कुमार बस्नेत, अनिलकुमार थापा, तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, विष्णुजंग बस्नेत, देवीप्रसाद संग्रौला र प्रेम थापा मगरमाथि राज्यविरूद्धको कसुरमा अनुसन्धान भइरहेको हो।

उनीहरूसहित ५३ जनामाथि भने आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ। 

उनीहरूलाई भने २० दिनको हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी श्रेष्ठले बताए।संगठित अपराध कसुरमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने प्रावधान छ।

प्रहरीले त्यस घटनामा संलग्नको आशंकामा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिँदै आएको छ। ती व्यक्तिहरूलाई स्क्रिनिङ गरी संलग्न नदेखिएकाहरूलाई छाड्दै आएको हो। प्रहरीले सामाजिक सञ्जालमा देखिएका भिडिओ, फोटो, सिसिटिभी फुटेज लगायतका आधारमा पक्राउ गर्दै आएको हो।

चैत १५ गते भएको प्रदर्शनमा पत्रकार सुरेश रजक र सबिन महर्जनको मृत्यु भएको थियो। त्यस दिन २० जना गोली लागेर घाइते भएका थिए।

छुटाउनुभयो कि ?

राजनीतिक सहिष्णुता

राजनीतिक सहिष्णुता

नारायण ज्ञवालीराजनीति समाजको ऐना हो भनिन्छ । समाज जति सभ्य, सहिष्णु र परिपक्व हुन्छ, राजनीति पनि त्यत्तिकै उत्तरदायी र सन्तुल...
माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...