पश्चिमी वायु सक्रिय : मधेशबाहेक सबै प्रदेशमा तीन दिन पानी पर्ने सम्भावना
काठमाण्डौ – आज,भोलि र पर्सि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात हुने भएको छ ।
पश्चिमी वायु सक्रिय भएकाले आज बेलुकीदेखि पर्सिसम्म देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले पश्चिमी वायु तथा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक मात्र प्रभाव रहेकोले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउँसोपछि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी भोलि काठमाण्डौ उपत्यकासहित &nb...








