Breaking news 1

आज पहाडी जिल्लामा होली हर्षोल्लासका साथ मनाइँदै, सार्वजनिक बिदा

आज पहाडी जिल्लामा होली हर्षोल्लासका साथ मनाइँदै, सार्वजनिक बिदा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ । होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा छ । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ । यसैबीच...
देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
विराटनगर प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि बढाउन थालेको बताएका छन्।  कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी सङ्घर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने पनि जानकारी गराए। यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको स्पष्ट गर्दै उनले संविधानसम्मत्, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताए। “हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहान्छौँ। गरिबी हटाएर मात्रै हामी सन्तोष मान्दैनौँ। समग्र मानवीय जैविक र न्यायोजित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुुछ।’’, प्रधानम...
कृषि अनुदानलाई प्रभावकारी र व्यवस्थित बनाउन अर्थमन्त्रीद्वारा कृषि मन्त्रालयसँग छलफल

कृषि अनुदानलाई प्रभावकारी र व्यवस्थित बनाउन अर्थमन्त्रीद्वारा कृषि मन्त्रालयसँग छलफल

Breaking news 1, कृषि, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलीयतलाई व्यवस्थित र प्रभावकारी बनाउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट सम्बन्धी अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छि विकास मन्त्रालयसँग गरेको बैठकमा हाल कार्यान्वयनमा रहेका अनुदान कार्यक्रमहरुबारे गम्भीर समीक्षा गरी नयाँ ढंगले अघि बढ्ने र नतिजामुखी बनाउनेबारे छलफल भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषकहरुलाई प्रोत्साहन गर्न र उत्पादन बढाउन अनुदानका कार्यक्रम ल्याइएपनि तिनीहरुको समीक्षा गरी समय सान्दर्भिक र प्रतिफलमुखी बनाउन जरुरी रहेको बताए । कृषिमन्त्री रामनाथ अधिकारीले अनुदानलाई परिणाममुखी बनाउँदै कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुनु पर्नेमा जोड दिए । कृषि मन्त्रालयले रासायनिक मल, बाली तथा पशुपन्छि बीमाको प्रिमियम अनुदान, उखु खेती प्रवर्द्धनका लागि किसानलाई...
यस्तो छ आजको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची

यस्तो छ आजको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं  सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ः०० बजे  बस्दैछ । संसद् सचिवालयलका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्नेछन् । यसैगरी बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र  वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । आजको बैठकमा सो संशोधनमाथि छलफल पनि हुने सचिवालयले जनाएको छ ।  वनमन्त्री ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि सभासमक्ष प्रस्तुत गर्ने छन् । ...
राजावादीको प्रदर्शनबाट नेतालाई सच्चिन पाठ

राजावादीको प्रदर्शनबाट नेतालाई सच्चिन पाठ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ विभिन्न गुटमा विभाजित राजावादी दल, संस्था र व्यक्तिको संयुक्त आयोजनामा आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौंमा प्रदर्शन भएको छ । पोखराबाट समिट एयरको चार्टर्ड विमानबाट काठमाडौं ओर्लेका शाहको स्वागतमा राजावादीले प्रदर्शन गरेका हुन् । विमानस्थलबाट बाहिरिएपछि शाह गाडीबाट समर्थकलाई अभिवादन गर्दै निर्मल निवास पुगेका थिए । पूर्वराजा शाहको गतिविधि र राजावादीको प्रदर्शनप्रति राजनीतिक दलका नेताहरू भने आक्रामक ढंगले प्रस्तुत भएका छन् । आपसमा आरोप/प्रत्यारोप गरिरहेका सत्ता र प्रतिपक्ष दलका नेताहरू शाहको बढ्दो सक्रियतालाई लिएर एक ठाउँमा आएका मात्रै छैनन्, एउटै स्वरमा चेतावनीसमेत दिइरहेका छन् । आइतबार सुदूरपश्चिमको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मनलाई टुक्राटुक्रा पारेर देशलाई विभाजित नगर्न’ शाहलाई चेतावनी दिए । ‘अराजकताको बाटो हिँडेर कसैले केही हत्या...
प्रधानमन्त्री ओलीले पूर्वराजालाई भने– राजनीतिमा आउने भए स्वागत छ

प्रधानमन्त्री ओलीले पूर्वराजालाई भने– राजनीतिमा आउने भए स्वागत छ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
धनगढी प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतान्त्रिक व्यवस्था बमोजिम राजनीतिमा आउने भए स्वागत गर्न तयार रहेको बताएका छन् । आइतबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा शाहको नामै लिएर लोकतान्त्रिक व्यवस्थामा अराजनीतिक र समाज भाड्ने गतिविधि उचित नहुने बताए । राजनीतिमा आए स्वागत गर्न भने तयार रहेको उनको भनाइ छ । पूर्वराजाले गरेको भाषण सुनेर आफू छक्क परेको बताएका प्रधानमन्त्रीले ‘आफूूलाई साथ देऊ भनेर के भन्न खोजेको’ भन्दै प्रश्न समेत गरेका छन् । ‘अहिले संविधान नमान्ने, लोकतन्त्र नमान्ने, कानुन नमान्ने, प्रणाली नमान्ने, अनौठो प्रवृत्ति देखा पर्न थालेको छ । ६ फागुनको साँझ पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो,’ ओलीले भने, ‘संविधानको पनि कुरा गर्नु हुन्न, कानुनको कुरा गर्नु हुन्न, लोकतन्त्र, प्रणाल...
पूर्वराजाको स्वागतमा राजावादीले बोके आदित्यनाथको तस्वीर

पूर्वराजाको स्वागतमा राजावादीले बोके आदित्यनाथको तस्वीर

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादीहरुले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्वीरको पोष्टर देखिएको छ । लामोसमयसम्म पोखराको बसाईपछि आइतबार काठमाडौँमा फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न त्रिभुवन विमानस्थल बाहिर पुगेका उनका सर्मथकले आदित्यनाथको पोष्टर बोकेर पुगेको विषय विवादित बनेको छ । आदित्यनाथको पोष्टरमा राज संस्था पुन: स्थापना गरौँ भन्ने उल्लेख छ । आदित्यनाथ र ज्ञानेन्द्रको ठुलो पोष्टर बनाएर राजवादीहरु उपस्थित भएपछि अहिले राजावादीहरुको सक्रियतामा उत्तरप्रदेशका मुख्यमन्त्रीको सहयोग रहेको आशंका हुन थालेको छ । पूर्वराजा ज्ञानेन्द्रले पनि पटक पटक आदित्यनाथसँग उत्तर प्रदेश पुगेरै भेट गर्ने गरेका छन् । ...
पूर्वराजाप्रति प्रमुख दल सशंकित : संवैधानिक दायराभित्र रहन शीर्ष नेताहरूको चेतावनी

पूर्वराजाप्रति प्रमुख दल सशंकित : संवैधानिक दायराभित्र रहन शीर्ष नेताहरूको चेतावनी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ सत्तापक्ष कांग्रेस–एमाले र प्रतिपक्ष माओवादीले पूर्वराजा ज्ञानेन्द्र शाहले अराजक गतिविधि गरे त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन् । प्रमुख तीन दलका शीर्ष नेताहरूले पूर्वराजा शाहलाई ‘जबर्जस्ती गर्न खोजे सह्य नहुने’ चेतावनी दिएका हुन् । उनीहरूले पूर्वराजा शाहलाई संविधानभित्र रहन पनि आग्रह गरेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै राजावादीले अराजकता मच्चाएर राष्ट्रिय एकतामा भाँजो हाल्न खोजेको आरोप लगाए । ‘केही तत्त्वहरू प्रणाली, संविधान होइन, हा हुका भरमा, अराजकता मच्चाएर सत्ताकब्जा गर्न खोज्दै छन् । कुन प्रणाली ल्याउन खोजेको हो, स्पष्ट छैन । यो संविधान फालेर कुन संविधान ल्याउने ? कस्तो संविधान ल्याउने ? राणाशासनतिर फर्कने ? पञ्चायततिर फर्कने ? कता फर्किने ? यो वा त्यो रूपमा जहानियाँ शासनतिर ?’ उनले प्रश्न ...
आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस : अधिकार, समानता र सशक्तिकरणमा जोड

आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस : अधिकार, समानता र सशक्तिकरणमा जोड

Breaking news 1, ताजा अपडेट, समाचार
काठमाण्डाै – ‘सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ । नेपालको संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ । यस्तै महिलाको हक मौलिक हकका रूपमा स्थापित गरेको  छ ।...
विशेष अदालतबाट एमडीएमएस घोटालामा दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्षहरू दोषी ठहर

विशेष अदालतबाट एमडीएमएस घोटालामा दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्षहरू दोषी ठहर

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा अनियमितता गरेको अभियोगमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाललाई विशेष अदालतले दोषी ठहर गरेको छ । अदालतले झा र खनालसहित विदेशी नागरिक मोहम्मद नुर अमिन र तीन विदेशी कम्पनीलाई दोषी ठहर गरेको छ भने अन्य प्रतिवादीलाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र एवं न्यायाधीश​हरू रितेन्द्र थापा र बिदुर कोइरालाको संयुक्त इजलासले दोषी ठहर भएका तीनै जनालाई ​जनही पाँच करोड ८० लाख १४ हजार ८२८ रुपैयाँ ७४ पैसा बिगो र एक वर्षको कैद सजाय तोकेको छ । उक्त इजलासले बिहीबार संक्षिप्त फैसला गर्दै​ प्राधिकरणका पूर्वअध्यक्षहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दोषी ठहर गर्दै उनीहरूको कार्यहरूमा अनियमितता र मिलेमतोको पुष्टि गरेको हो । उनीहरूले प्राधिकरणको अध्यक्षको पदमा...