मनसुनजन्य विपत्तिमा सरकारको तयारीः फोनमा घन्टी
काठमाडौं
यो वर्षको मनसुनमा मात्रै करिब २० लाख मानिस प्रभावित हुने देखिएको छ । राष्ट्रिय जोखिम तथा विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षामा मात्रै ४ लाख ४७ हजार घरधुरीका १९ लाख ९७ हजार मानिसहरू कुनै न कुनै रूपले प्रभावित हुने अनुमान गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्ट यसरी प्रभावित हुन सक्ने संख्यामध्ये करिब १० प्रतिशतलाई सरकारले सहयोग गर्नुपर्ने अवस्था आउन सक्ने आकलन गरिएको बताउँछन् ।
मंगलबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारले गरेको पूर्वतयारीबारे छलफल थियो । उक्त छलफलमा गृहमन्त्री रमेश लेखक, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख, नेपाली सेना लगायतका बलाधिकृत, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका क...








