Breaking news 1

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँशीतल निवासमा भएको छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ।बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा भएको बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हाे । यसअघि जेन-जी समूहकाेतर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो। छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशाेकराज सिग्देल , सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी रहेका छन्।वार्तामा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार कसरी अघि बढ्ने भन्नेबारेमा चर्चा भएको बुझिएको छ। ...
सेनाको सुरक्षामा रहेका शीर्ष नेताहरूमाथि अघोषित नजरबन्द

सेनाको सुरक्षामा रहेका शीर्ष नेताहरूमाथि अघोषित नजरबन्द

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं नेपाली सेनाको सुरक्षामा रहेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसहित निवर्तमान मन्त्रिमण्डलका सदस्य र शीर्ष नेताहरू अघोषित नजरबन्दमा परेका छन् । उनीहरूको मोबाइल फोन स्वीच अफ गर्न लगाइएको बाहिरबाटै उनीहरूको सम्पर्कमा रहेका दलका नेताहरूको भनाइ छ । दिउँसोसम्म सम्पर्कमा रहेका नेताहरूसँग एकाएक सम्पर्क विच्छेद भएको उनीहरूले बताएका छन् । अन्योल बढिरहेको बेला शान्ति सुरक्षा कायम गर्न र थप स्थिति बिग्रिन नदिन सेनाले मध्यरातसम्म बोल्ड कदम चाल्ने अनुमान गरिएको छ ।तोडफोड तथा हिंसात्मक गतिविधि बढेपछि सेनाले कामचलाउ प्रधानमन्त्री ओली, मन्त्रीहरू, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाललगायतका शीर्ष नेताहरूलाई सुरक्षाका लागि आफ्नो नियन्त्रणमा राखेको थियो । आजदेखि दलका कार्यकर्ता सडकमा आउन थालेपछि थप सुरक्षा चुनौती बढ्न नदिन भन्दै सेनाले उनीहरूलाई कार्य...
संविधान रक्षार्थ आन्दोलन सुरु गर्ने खबरसँगै सेनाद्वारा सुरक्षा व्यवस्था मजबुत

संविधान रक्षार्थ आन्दोलन सुरु गर्ने खबरसँगै सेनाद्वारा सुरक्षा व्यवस्था मजबुत

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं काठमाडौंमा आन्दोलन गर्ने समाचार बाहिरिएसँगै नेपाली सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अहिले सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको हो । काठमाडौंको माइतीघर, कालीमाटी, नक्शाल, कमलपोखरी, सुन्धारा लगायतका स्थानहरूमा सेनाले गस्ती गरिरहेको छ । साथै सवारी साधनमा हिँड्नेहरूलाई चेकजाँच गरिरहेको छ । उनीहरूलाई सोधपुछ गरेर मात्रै आवश्यक कामका लागि जान दिएको छ भने अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गरेको छ ।संविधानको रक्षार्थ वर्तमान संविधान पक्षधरहरूले आन्दोलन गर्ने समाचारहरू बाहिरिएसँगै सडकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलहरू खटिएका छन् । ...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौं देशभर हाल मनसुनको प्रभाव सक्रिय रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी भागमा सरदर स्थान वरपर र पश्चिमी भागमा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ, जसको प्रभावले देशभर सामान्यतया बदली भएको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हाल हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै, ती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत छ । आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी र तराई क्षेत्रका थोरै स...
सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंकाठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ।मंगलबार भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन्।सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ। आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ। प्रदर्शनकारीले आगो लगाएको संसद भवनमा सेनाले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ। अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना लगायत सुरक्षाकर्मीहरू परिचालित हुन थालेका छन्। ...
काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी कार्कीलाई

काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी कार्कीलाई

Breaking news 1, ताजा अपडेट, समाचार
२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दानबहादुर कार्कीलाई दिइएको छ । यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा डीआईजी ओम राना थिए । रानालाई जिम्मेवारीबाट हटाएर उनको स्थानमा एआईजी कार्कीलाई कमाण्ड दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । सोमबार जेनजीले गरेको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो हुँदा १९ जनाको ज्यान गएको थियो ।एआईजी टेक तामाङ अवकार भएपछि सोमबार काठमाडौं प्रहरी प्रमुख निमित्तको भरमा थियो । ...
जेनजी आन्दोलन बारे सात दुताबासको विज्ञप्ति: संयमता अपनाउनु, मौलिक अधिकारको सुनिश्चित गर्नू

जेनजी आन्दोलन बारे सात दुताबासको विज्ञप्ति: संयमता अपनाउनु, मौलिक अधिकारको सुनिश्चित गर्नू

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंजेनजी आन्दोलन बारे काठमाडौँस्थित अमेरिकासहितका सात दुताबासले विज्ञप्ति जारी गर्दै सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका छन् ।सोमबार राति अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले विज्ञप्ति जारी गर्दै परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका हुन् ।विज्ञप्ति: हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा आज देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं। यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएकोमा हामी संवेदनशील भएका छौं। पीडित परिवारजन, प्रभावित व्यक्तिहरूप्रति हा...
सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

Breaking news 1, समाचार
२३ भदौ, काठमाडौं । सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । ...
बेथिति र सामाजिक सञ्जाल बन्द विरुद्ध आज काठमाडाैं सहित देशैभर जेनजी पुस्ताको प्रदर्शन

बेथिति र सामाजिक सञ्जाल बन्द विरुद्ध आज काठमाडाैं सहित देशैभर जेनजी पुस्ताको प्रदर्शन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ आज जेनजी पुस्ताको प्रदर्शन हुँदैछ । आम नेपाली युवा- भ्रष्टाचार तथा बेथितिविरुद्ध राष्ट्रिय अभियानले आज बिहान ११ बजे, काठमाडौंको माइतीघर मण्डलासहित देशभरि एकैसाथ 'भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथिति विरुद्ध' राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरेको छ । यसका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा बाहिरको क्षेत्रमा प्रदर्शनको अनुमति दिएको जानकारी आयोजकले दिएका छन् । यस कार्यक्रममार्फत जात, धर्म, वर्ग, पार्टीभन्दा माथि उठी राष्ट्रिय एकताका आधारमा भ्रष्टाचार र बेथिति विरुद्धको आवाज बुलन्द गरिने अभियानले जानकारी दिएको छ । अभियानले यो भ्रष्टाचारविरुद्धको सङ्घर्ष केवल युवाहरूको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा अभियान भएको जनाएको छ । एकता, सत्य र न्याय नै नयाँ नेपालको मार्गदर्शक सिद्धान्त हुन् भन्दै यस ऐतिहासिक अभियानमा सम्पूर्ण युवाहरू तथा आम नागरिकहरूको सक...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ भने सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाब नेपालको पु्र्वी भु-भागमा पर्ने देखिने जानकारी दिएको छ ।हाल कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहेको छ भने कोशी प्रदेश,बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडका थोरे स्थानहरुमा र बाँकि भु-भागका एक दुइ स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाले आगामी २४ घण्टा कोशी प्रदेशक...