Breaking news 1

सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहद्वारा बालुवाटारमा नाराबाजी

सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहद्वारा बालुवाटारमा नाराबाजी

Breaking news 1, ताजा अपडेट, समाचार
३० भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरुले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन् ।नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागे । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले सुदन गुरुङको उपस्थितिमा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए । बालुवाटारस्थित प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि सुदन गुरुङले भनेका छन्, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’ सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरुकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक...
महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा

महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ महान्यायाधिवक्ता रमेश बडालले भदौ २४ गते पदबाट राजीनामा दिएका छन् । यसबारे जानकारी महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले आइतबार दिएको जानकारीमा पुष्टि गरिएको छ ।पुडासैनीका अनुसार, बडालले राजीनामा दिएको सूचना राष्ट्रपति कार्यालयमार्फत महान्यायाधिवक्ताको कार्यालयमा आइपुगेको हो । बडाललाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साउन २ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । ...
आज मन्त्रिपरिषद् विस्तार हुँदै

आज मन्त्रिपरिषद् विस्तार हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । शुक्रबार शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आज सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी हुन् । जेनजी पुस्ताको भोटिङबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो । प्रधानमन्त्री जस्तै मन्त्री चयन पनि भोटिङकै आधारमा गर्ने तयारीमा जेन्जीहरू छन् । राजनीतिक दलमा संलग्न भएको भन्दा बाहिरैबाट मन्त्री चयन गर्ने तयारी उनीहरूको छ । ...
प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने- हाम्रो योगदान खेर नजाओस्

प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने- हाम्रो योगदान खेर नजाओस्

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले जानकारी दिए। ‘प्रधानमन्त्रीले घाइतेको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभयो। त्यस क्रममा उहाँहरूले आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै आफूले देशका लागि दिएको बलिदान खेर नजाओस्, प्रधानमन्त्रीले देशलाई निकास दिनुपर्छ। पुनःअर्को पुस्ताले आन्दोलन गर्नु नपरोस् भन्नुभयो,’ डा. रेग्मीले भने। प्रधानमन्त्री कार्कीले मुलुकको अवस्था परिवर्तन गर्न हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।कार्यकारी निर्देशक रेग्मीका अनुसार गत सोमबार यता चार सय...
रवि लामिछाने फर्किए नख्खु कारागार

रवि लामिछाने फर्किए नख्खु कारागार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः कारागार फर्केका छन् । केही दिनअघि जेनजी आन्दोलनका क्रममा रिहा भएका उनले आज स्वैच्छिक गिरफ्तारी दिएका हुन् । रविलाई रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले कारागारसम्म साथ दिए। जानुअघि रविले फेसबुक लाइभमा बोल्दै आफ्नो जन्मदिनमा कारागार जान लागेको बताएका थिए । आफ्नो कारणले देशभरका कैदीहरु जेलबाट भागेको भनेर बदनाम गर्न खोजिएको रविको गुनासो छ । ...
प्रधानमन्त्री सुशीला कार्कीको न्यायालयदेखि सिंहदरवारसम्मको ऐतिहासिक यात्रा

प्रधानमन्त्री सुशीला कार्कीको न्यायालयदेखि सिंहदरवारसम्मको ऐतिहासिक यात्रा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपालले पहिलोपटक महिला प्रधानन्यायाधीश पाएको दिन इतिहास पल्टिएको थियो। त्यतिबेला यो पदमा पुगेकी थिइन् – सुशीला कार्की। आज, न्यायपालिकाको सर्वोच्च पद सम्हालेको आठ वर्षपछि, उनी फेरि अर्को “पहिलो” बन्ने क्रममा छिन्—मुलुकको कार्यकारी प्रमुख बन्ने पहिलो महिला।२००९ जेठ २५ गते मोरङको शंखरपुरमा किसान परिवारमा जन्मेकी कार्की सात सन्तानमध्ये जेठी हुन्। विराटनगरमै हुर्किएकी उनले बाल्यकालदेखि नै प्रजातान्त्रिक आन्दोलन र बीपी कोइरालाको परिवारसँग निकटता कायम गरिन्। २०२८ सालमा महेन्द्र मोरङ कलेजबाट बीए र २०३१ मा बनारस हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी कार्कीले त्यहीँ अध्ययनकै क्रममा काँग्रेस नेता दुर्गा सुवेदीसँग विवाह गरिन्। कानुन व्यवसाय र अध्यापन २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि उनले विराटनगरमा वकिल पेशा सुरु गरिन्। निडर, हक...
भयाे संसद विघठन, फागुन २१ गतेका लागि ताेकियाे चुनाव

भयाे संसद विघठन, फागुन २१ गतेका लागि ताेकियाे चुनाव

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं अन्नत: संसद विघठन भएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन् । आजै मात्रै प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् । कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका छन् ।त्यस्तै, फागुन २१ गतेका लागि चुनावको मिति ताेकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन् । ...
सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त,आजै शपथ

सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त,आजै शपथ

Breaking news 1, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज
काठमाडौं पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने भएको छ ।
शीतलनिवास वार्ता अन्योलग्रस्त बन्दैजाँदा संकटकालको जोखिम

शीतलनिवास वार्ता अन्योलग्रस्त बन्दैजाँदा संकटकालको जोखिम

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंजेनजी आन्दोलनमा संलग्न युवा अगुवाहरुको प्रस्तावमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व तयार भएको विषय स्पष्ट नै छ । तीन दिनदेखि कार्कीको नाम आए पनि औपचारिक रुपमा मुलुकले नयाँ सरकार पाउने आकार तय भएको छैन । यो बीचमा सघन राजनीतिक परामर्श भइरहेको छ । तर मुलुकले एउटा वैधानिक बाटो कसरी लेला भन्ने निर्क्यौल हुन सकेको छैन ।हिजो राती नै कार्कीलाई सरकारको नेतृत्व दिने गरी रातभर राष्ट्रपति निवासमा छलफल चल्यो । त्यहाँबाट निकास निस्केन ।आज सहमति हुनसक्ने भन्दै आएका सूचनाहरुले अहिले यो ब्रिफिङ तयार पारून्जेलसम्म मूर्त रुप लिएका छैनन् । हामीले छलफल प्रक्रियामा अनौपचारिक र ‌औपचारिक रुपमा संलग्न भएका राजनीतिक दल, राष्ट्रपति, जेनजी युवाहरुका समूहका विभिन्न व्यक्तिसँग कुराकानी गरेका छौं ।ती कुराकानीका क्रममा आएका सूचनाहरु हेर्दा अझै अन्यौलग्रस्त नै देखिन्छ । यो छलफलमा ...
प्रधानमन्त्री बन्न कार्कीको अडान : संसद् विघटन र दमन छानबिन अनिवार्य

प्रधानमन्त्री बन्न कार्कीको अडान : संसद् विघटन र दमन छानबिन अनिवार्य

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँपूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई प्रधानमन्त्री बनाउनुअघि दुई प्रमुख सर्त पूरा गर्नुपर्ने अडान राखेकी छन्।उनले जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन र संसद् विघटनलाई अनिवार्य सर्तका रूपमा प्रस्तुत गरेकी हुन्। यी सर्त पूरा नभए प्रधानमन्त्रीको जिम्मेवारी लिन नसकिने उनको स्पष्ट अडान रहेको छ।गएराति शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग लामो छलफल भए पनि सर्तमा सहमति नजुटेपछि कार्की बैठकस्थल छोडेर बाहिरिएकी थिइन्। कार्कीले अब शीतलनिवासमा वार्ताका नाममा बोलाउनै नहुने भन्दै आन्दोलनरत पक्षलाई सहमतिमा ल्याएर मात्रै जिम्मेवारी सम्हाल्ने तयारी रहेको स्पष्ट गरेकी छन्। उनका नजिकका स्रोतका अनुसार, पुराना दलहरूले संसद् कायम राखेर चुनाव गराउन नसक्ने बहाना बनाउने र अन्तरिम सरकारलाई असफल पार्ने सम्भावना भएकाले यस्तो परिस्थितिमा आफू प्रधानमन्त्री बन्...