Breaking news 1

कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन् ।यस्तै नन ग्रेड अर्थात् अनुत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या ४७ दशमलव ०९ प्रतिशत रहेको छ । यस वर्ष कक्षा १२ को परीक्षामा नियमिततर्फ सहभागी तीन लाख ९० हजार आठ सय ६८ विद्यार्थीमध्ये दुई लाख तीन हजार आठ सय ४७ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८ दशमलव २६ प्रतिशत र २०७६/०७७ का ६२ दशमलव ०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गएको वैशाख १४ गतेदेखि शुरु भएको परीक्षामा जम्मा चार लाख ९१ हजार चार सय ९७ जना विद्यार्थी सहभागी थिए । अघिल्लो वर्षको परीक्षामा २०७९ सालमा ५१ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । ...
एमालेमा प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर

एमालेमा प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर

Breaking news 1, ताजा अपडेट
१७ साउन, काठमाडौं । नेकपा एमालेमा प्रदेश इन्चार्जहरु फेरिएका छन् । बिहीबार बसेको सचिवालय बैठकले सचिवद्‍वय पद्‍मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको हो । पार्टी सचिव अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका छन् । बाँकी प्रदेशमा नयाँ इन्चार्ज आएका छन् ।कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बनेका छन् ।यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए । बराल बढुवा भएर उपाध्यक्ष मनोनित भएकाले इन्चार्जको जिम्मेवारीबाट हटे । सचिवहरु गोकर्ण, योगेश, रघुबीर र छबिलाल विश्वकर्माले भने चुनाव जितकाले दोहोरो जिम्मेवारी नदिने नीति अन्तर्गत इन्चार्जबाट हटेका एक नेताले बताए । ...
कोशी, नारायणी, कर्णाली महाकाली लगायतका नदीहरुमा तीन दिनसम्म बाढीको जोखिम

कोशी, नारायणी, कर्णाली महाकाली लगायतका नदीहरुमा तीन दिनसम्म बाढीको जोखिम

Breaking news 1, विविध, समाचार, स्थानीय
काठमाण्डौ – आउँदो ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूमा जलसतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाकाअनुसार  कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि बढ्नेछ । आज सुनकोशी नदी र बाग्मती नदीको जल सतह बढ्ने र सतर्कता तह आसपास रहने पुर्वानुमान रहेकाले यस नदीहरुको तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।यस्तै काठमाण्डौ, ललितपुर, भक्तपुर, रुपन्देही, अर्घाखाँची, स्याङजा, गुल्मी, कपिलवस्तु, दैलेख, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भई बहने धेरै स–साना नदीहरुमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेकोले उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । ...
एक महिनादेखि रेसुङ्गा विमानस्थलबाट उडान अवरुद्ध

एक महिनादेखि रेसुङ्गा विमानस्थलबाट उडान अवरुद्ध

Breaking news 1, ताजा अपडेट, समाचार
७ साउन, गुल्मी । वर्षायाममा मौसम प्रतिकुल भएको भन्दै गुल्मी जिल्लाको रेसुंगा विमानस्थलमा झण्डै एक महिनायता उडान अवरुद्ध हुँदै आएको छ ।हप्ताको ३ पटक उडान सञ्चालन हुँदै आएको विमानस्थलमा गत असार १४ गतेपछि मौसमको कारण देखाएर उडान स्थगित भएको हो । काठमाडौंबाट गुल्मीका लागि बिहान ६ बजेर ३० मिनेट र काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गरेको थियो । तर उडान गर्ने बिहानीको समयमा विमानस्थलमा बादल लाग्ने हुँदा समस्या परेको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए ।रेसुङ्गा विमानस्थलमा बिहानी समयमा मात्रै उडानको लागि उपयुक्त हुने प्राविधिकको निष्कर्ष छ । दिउँसोको समयमा हावा चल्ने भएकाले उडान गर्न समस्या छ । नेपाल एयरलाइन्सको ट्वीनअटर जहाज उडान गर्दै आएको छ । यात्रुको अत्याधिक चाप बढेपछि रेसुङ्गा विमानस्थलबाट साप्ताहिक तीन उडानको अनुमति पाएको थियो ।तर प...
आचार्य बन्नेछन् लुम्बिनीका मुख्यमन्त्री

आचार्य बन्नेछन् लुम्बिनीका मुख्यमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
७ साउन, काठमाडौं । एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सारेको छ । यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै भए पनि एमाले केन्द्रको निर्देशनमा आचार्यलाई अघि बढाइएको हो । एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चाैधरीले आचार्य मुख्यमन्त्री बन्ने पुष्टि गरे । ‘पार्टीले आचार्यलाई मुख्यमन्त्रीमा अघि सारेको छ,’ उनले भने, ‘अब आचार्य नै मुख्यमन्त्री बन्नुहुन्छ । अब बन्ने मुख्यमन्त्री आचार्यले दलको  नेता लीला गिरी भए पनि मुख्यमन्त्रीमा आफूले दाबी पेश गर्न लागेको बताए । कांग्रेस नेता डिल्ली चाैधरी आएपछि प्रदेश प्रमुखकहाँ जाने उनले सुनाए । संसदीय दलका नेता लीला गिरी पार्टी उपाध्यक्ष तथा संघीय अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन् । पौडेल निकट गिरीलाई अचानक पछाडि पार्दै आचार्य मुख्यमन्त्री बन्नुका पछाडि केन्द्रको चासो ...

बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू

Breaking news 1, विदेश
काठमाडौँ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यू घोषणा गरेको छ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ ।बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको छ । तर यो आन्दोलनले अहिले हिंसात्मक अडान लिएको छ । राजधानी ढाकालगायत धेरै सहरमा विगत केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठूलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको छ ।प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएको छ । तर शुक्रबार नरसिङदीको कारागारमा आक्रमण गरी सयौं कैदी रिहा भएपछि प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको छ । सरकारका प्रेस सेक्रेटरी नइमुल इस्लाम खानले अब शान्ति सुर...
पुन परिक्षण गर्दा एसईईमा थप ९४ जनाले ल्याए ४ जीपीए

पुन परिक्षण गर्दा एसईईमा थप ९४ जनाले ल्याए ४ जीपीए

Breaking news 1, ताजा अपडेट, समाचार
४ साउन, काठमाडौं । गत १३ असारमा सार्वजनिक माध्यमिक शिक्षा परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योग (रिटोटलिङ) गर्दा थप ९४ जना परीक्षार्थीले ४ जीपीए ल्याएको पाइएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा सार्वजनिक गर्दा १८६ जनाले मात्र ४ जीपीए ल्याएका थिए । परीक्षामा सहभागीमध्ये करिब ४८ प्रतिशत मात्र ११ पढ्न योग्य भएका थिए भने ५२ प्रतिशत अनुतीर्ण भएका थिए ।परीक्षा नियन्त्रण कार्यालयले पुनर्योग गर्न दिएको समयमा १९ हजार ६०० विद्यार्थीले आवेदन दिएका थिए । जसमध्ये ९ हजार ६४६ जनाको कार्यालयले पुनर्योगको नतिजा सार्वजनिक हुँदा थप ९४ जनाको ४ जीपीए आएको कार्यालय स्रोतले जानकारी दिएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले विद्यार्थीको उत्तरपुस्तिका परीक्षणमा कुनै कमजोरी नभएको र विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क कम्प्युटरमा चढाउने (इन्ट्र...
सिमलतालमा भएको बस दुर्घटनाको एक हप्ता बित्यो, दुई वटा शव भारतको चम्पारणमा भेटिए

सिमलतालमा भएको बस दुर्घटनाको एक हप्ता बित्यो, दुई वटा शव भारतको चम्पारणमा भेटिए

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको शुक्रवार असार २८ गते लेदोसहितको पहिरोले त्रिशूली नदीमा बगाएका दुई वटा बस र बेपत्ता ३९ जना यात्रुको खोजी भइरहेको छ । खोजीकै क्रममा दुई वटा शव भारतको चम्पारणमा भेटिएका छन् । भारतको चम्पारण नागाहा नारायणी नदीमा दुई वटा शव फेला परेको हो । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले हिजो फेला पारेका दुई वटा शव सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) त्रिवेणीको टोली, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहबरमा नेपाल ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । यीसहित अहिलेसम्म २३ वटा शव फेला परेको छ । सशस्त्र प्रहरी बलका अनुसार २३ वटा शवमध्ये अहिलेसम्म १४ जनाको परिचय खुलेको छ । बाँकी नाै वटा शवको सनाखत हुन सकेको छैन । अहिलेसम्म भार...
सीआईबीको निष्कर्ष : ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी

सीआईबीको निष्कर्ष : ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी

Breaking news 1, ताजा अपडेट, समाचार
१७ असार, काठमाडौं । ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्ष प्रहरीले निकालेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको थप अनुसन्धानका क्रममा ३ हजार १९४.६६८ केजी सुन तस्करी भएको पाइएको हो । यसमध्ये ३६२.७७८ केजी ब्रेक सुमा लुकाएर र बाँकी अरु २ हजार ८३१.८९ केजी सुन पानी तान्ने मोटर लगायतका इलेक्ट्रोनिक सामानमा लुकाएर तस्करी गरेको पाइएको छ ।यो समूहले तस्करी गरेको कुल सुनको हालको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ बराबर भएको सीआईबीले जनाएको छ ।२ साउन २०८० मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन विमानस्थलमा बरामद भएको थियो । अनुसन्धानका क्रममा टोखा लगायतका स्थानमा सुन गाल्ने मेसिन भेटिएको थियो । २६२.७७८ किलो सुन तस्करी भएको निष्कर्षसहित प्रहरीले असोज ३१ मा २४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।सीआईबीले अहिले भन्सा...
१ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली कार्यकक्षबाटै पक्राउ

१ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली कार्यकक्षबाटै पक्राउ

Breaking news 1, समाचार, स्थानीय
११ पुस, काठमाडौं । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् ।मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।पूर्व रजिस्ट्रार पराजुली अहिले पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । उनलाई कार्यकक्षबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिए ।‘जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जी पठाएपछि कार्यकक्षबाटै पक्राउ गरि पोखरा पठाउँदै छौं,’ पौडेलले भने ।गत कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ ...