बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू


काठमाडौँ ।

बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यू घोषणा गरेको छ ।

बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ ।बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको छ । तर यो आन्दोलनले अहिले हिंसात्मक अडान लिएको छ ।

राजधानी ढाकालगायत धेरै सहरमा विगत केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठूलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको छ ।प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएको छ । तर शुक्रबार नरसिङदीको कारागारमा आक्रमण गरी सयौं कैदी रिहा भएपछि प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको छ ।

सरकारका प्रेस सेक्रेटरी नइमुल इस्लाम खानले अब शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिने बताए ।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...