सातबुँदे वक्तव्य : एकताबद्ध सत्तारुढदलको सन्देश
सरकारको सय दिने प्रगति विवरण सार्वजनिक भएको दुई दिनपछि सत्ता साझेदार सात दलले सातबुँदे संयुक्त वक्तव्य जारी गरेका छन् ।
शुक्रबार प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक बसेर सरकारलाई थप प्रभावकारी बनाउने प्रतिवद्धतासहित संयुक्त वक्तव्य जारी गरिएको हो । ‘मुलुकमा विद्यमान संकट र चुनौतीहरुलाई सामना गर्दै मुलुकको लोकतान्त्रिक भविष्यलाई थप सुदृढ बनाउने उद्देश्य सहित गठन भएको वर्तमान सरकारलाई थप प्रभावकारी बनाउन … ’, सातबुँदेको भूमिकामा भनिएको छ ।
यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिने प्रगति विवरणमा समेटेकै अधिकांश विषय संयुक्त बक्तव्यमा उल्लेख गरिएको छ । बक्तव्यको पहिलो बुँदामै सरकारको सय दिने कार्य प्रगतिको समर्थन गर्दै आगामी दिनमा पनि समर्थनको प्रतिबद्धता गरिएको छ ।
नेताहरुका अनुसार प्रधानमन्त्रीले प्रस्तुत गरेको विवरणलाई सात दलका तर्फबाट समर...







