Breaking news 1

अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छः उपप्रधान तथा अर्थमन्त्री पौडेल

अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छः उपप्रधान तथा अर्थमन्त्री पौडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचक सुधारोन्मुख रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको बताएका हुन् । वर्तमान सरकारले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधानका लागि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक दिशामा फर्किएको बताए ।  सरकारले अर्थतन्त्रका समस्यालाई सुक्ष्म ढङ्गले विश्लेषण गरी समाधानका लागि एकएक कदम चाल्दै गएको उल्लेख गर्दै उनले भने, “अर्थतन्त्रका सकारात्मक सूचकलाई नकारात्मक बन्न नदिई लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सक्छौँ । मूल्यवृद्धिलाई सीमाभित्र राख्न सफल भएका छौँ ।” अ...
नेपाल पत्रकार महासंघको चुनावी मत परिणाम कस्ले कति मत पाए

नेपाल पत्रकार महासंघको चुनावी मत परिणाम कस्ले कति मत पाए

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन् । आइतबार राति महासङ्घ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो । प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहेकी शर्मा ४२८२ मतसहित अध्यक्षमा निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३२०३ मत प्राप्त गरेका छन् । शर्माले विष्टलाई एक हजार बढि मतको अन्तरमा पराजित गरेकी हुन् ।बरिष्ठ उपाध्यक्षमा दीपक उपाध्याय विजयी हुँदा उपाध्यक्ष महिलामा निनु पण्डित उपाध्यक्ष समावेशीमा उमिद प्रसाद बागचन विजयी भए ।त्यस्तै महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन् । उनी निकटम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेलाई पराजित गर्दै महासङ्घको महासचिवमा निर्वाचित भएका हुन् ।विजयी भएका दाहालले ४ हजार ८४ मत प्राप्त गरे भने न्यौपानेले १ हजार ९२९ मत गरेका थिए ।खुल्ला सचिवमा रमेश...
सवारी दुर्घटना कसरी न्यूनीकरण गर्ने ?

सवारी दुर्घटना कसरी न्यूनीकरण गर्ने ?

Breaking news 1, जीवनशैली, पत्रपत्रिका, फिचर, समाचार, समाज, सम्पादकिय
बुटवल श्रीराम ज्ञवाली यातायातका साधनहरू हवाई यातायातदेखि सडक यातायातसम्म मानिसलाई अत्यन्त जरुरी छ। नेपाल भूपरिवेष्ठित मुलुक भएको हुनाले जल यातायातको खासै चर्चा हुँदैन। हामीलाई नभई नहुने र जोखिम हुने यातायात हो।बढ्दो जनसङ्ख्या संगै बढ्दो विकास प्रविधिले यातायातका साधनहरू बढ्ने र नयाँ प्रविधियुक्त साधनहरू उपयोगमा आइरहेका छन्। सडक यातायातको समस्या विकराल छ। नेपालको तथ्याङ्क अनुसार प्रतिदिन ७ जनाको सडक दुर्घटनामा परी ज्यान जाने गरेको छ। यसको न्यूनीकरणका लागि सवारी साधनकाे इन्जिन राम्रो र गुणस्तरीय हुनुआवस्यक छ ।साथै पुराना र कन्डिसन राम्रो नभएका सवारी साधन गुडाउन रोक लगाउनु आवश्यक छ। चालकहरू पनि दक्ष हुनुपर्छ ,चालकले मदिरापान गरी सवारी साधन चलाउनु पनि प्रमुख समस्या देखिन्छ। त्यसैगरी हाम्रो अधिकांश भूभाग पहाडी हुनाले सडक निर्माण गर्न कठिन छ। निर्माण गरिएका सडकहरु फराकिला सवारी साधन ...
आज उधौली पर्व

आज उधौली पर्व

Breaking news 1, Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् । किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ ।  भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली (नाच)सहित पर्व मनाउछन् । ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल मानिन्छ । सानो...
एनपिएल: पोखराविरूद्ध टस जितेर बलिङमा काठमाडौं

एनपिएल: पोखराविरूद्ध टस जितेर बलिङमा काठमाडौं

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सविरूद्ध पहिले बलिङ गर्ने भएको छ।  त्रिवि मैदान कीर्तिपुरमा काठमाडौंले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। पोखराविरूद्धको खेलमा काठमाडौंले २ परिवर्तन गरेको छ। पोखराले आजको खेलमा तीन परिवर्तन गरेको छ।  प्लेअफ सम्भावलाई जिवित राख्न दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण हुनेछ।    अंक तालिकामा नेट रन रेटका आधारमा काठमाडौं गुर्खाज पोखराभन्दा एक स्थान अगाडि छ।   पाँच खेलमा तीन हार र दुई जित निकालेको दुवै टिमको समान ४/४ अंक छ। काठमाडौं गुर्खाज चितवनसँग ५ विकेटले, सुदूरपश्चिमसँग ७३ रनले र जनकपुरसँग ५ विकेटले पराजित हुँदा लुम्बिनीलाई १८ रन र कर्णालीलाई ३ विकेटले पराजित गरेको थियो। पोखराविरूद्धको खेलमा जित निकाल्न सके ६ अंक हुनेछ र तालिकाको चौथो स्थानमा रहेको चितवन राइन...
सार्वजनिक, नीजि र साझेदारी मोडेलबाट लगानी जुटाउन सकिन्छः मुख्यमन्त्री आचार्य

सार्वजनिक, नीजि र साझेदारी मोडेलबाट लगानी जुटाउन सकिन्छः मुख्यमन्त्री आचार्य

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विकास र समृद्धिको चाहना पुरा गर्न सार्वजनिक, निजी र साझेदारी मोडेलबाट लगानी जुटाउन सकिने बताउनु भएको छ । लगानी वोर्ड र प्रदेश सरकारको संयुक्त आयोजनामा बुटवलमा शुक्रबार गरिएको सार्वजनिक निजी साझेदारी सम्वन्धि प्रादेशिक छलफल कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको संकल्प पुरा गर्न सार्वजनिक, निजी र साझेदारी मोडेलबाट लगानी जुटाउन सकिने बताउनु भएको हो ।‘सरकारको एक्लो प्रयासले मात्रै लगानी गर्ने अवस्था छैन् । यसमा सार्वजनिक, निजी क्षेत्र र साझेदारी मोडेलबाट लगानी जुटाउन सकिन्छ’उहाँले भन्नुभयो,‘सरकारले लगानीमैत्री वातावरण बनाउछ । लगानी जुटाउन लगानी वोर्डले भूमिका बढाउनुपर्छ ।’ प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाहरु अघि बढा...
आज नेपाल पत्रकार महासंघको निर्वाचन

आज नेपाल पत्रकार महासंघको निर्वाचन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
नेपाल पत्रकार महासङ्घमा नयाँ नेतृत्व चयनको लागि आज चुनाव हुँदैछ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो । चुनावका लागि केन्द्र, प्रदेश र शाखाहरूमा उम्मेदवार मनोनयनको प्रक्रिया सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस पटकको चुनावमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको छ । केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिको लागि हल्का गुलावी रङको मतपत्र रहेको छ । प्रदेश कार्यसमिति र शाखा कार्यसमितिले मतपत्रको ढाँचा र रङ आफैँ छनोट गर्न सक्ने निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार आफ्नो परिचय खुल्ने म्याद भएको महासङ्घद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रशारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्र...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै पक्राउ गरेका हुन् । आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होविन्द्र बोगटीले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेको घटनामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीले ४० हजार धरौटीमा छाड्न आदेश गरेका थिए । धरौटी बुझाउनसाथ उनी फेरि पक्राउ परेका हुन् । भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने हरिचन्द्र्र फुयल केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को हिरासतमा छन् । प्रसाईंले नै उनलाई प्रयोग गरेर धम्क्याउन लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । व्यवसायीलाई धम्क्याएको आरोपमा प...
मन्त्रीहरूबाटै कानुन कार्यान्वयन भएन- लोकसेवा आयोगका अध्यक्ष रेग्मी

मन्त्रीहरूबाटै कानुन कार्यान्वयन भएन- लोकसेवा आयोगका अध्यक्ष रेग्मी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लोकसेवा आयोगको दायरामा आउन नमानेको गुनासो गरेका छन्। बुधबार राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष रेग्मीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान पनि अहिलेसम्म लोकसेवा आयोगको दायरामा नआएको गुनासो गरेका हुन्। ‘संविधान बमोजिम लोकसेवा आयोगको कार्य क्षेत्रभित्र पर्नुपर्ने दुइटा संस्था अहिलेसम्म आएका छैनन्,' उनले भने ,'चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र बिपी कोईराला मेडिकल इन्स्टिच्युट धरान दुई वटा संस्था हाम्रो दायरामा आइरहेका छैनन्।' पटक पटक सम्पर्क गर्दा पनि ऐन, कानुनमा भएको प्रावधान बाहिर गएर आयोगको दायरामा भरसक आउन नपरोस् भन्ने ध्येयका साथ बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लागेको उनको दाबी छ।  'कानुनमा भएको प्रावधानभन्दा पनि लोकसेवा आयोग...
सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक

सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
 काठमाडौं सरकारले अंग्रेजी नयाँ वर्ष (१ जनवरी २०२५) १७ पुस २०८१ देखि लागु हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले बुधबार सबै हेलिकप्टर कम्पनीलाई पत्र लेख्दै उक्त निर्णयबारे जानकारी गराएको हो । निकुञ्ज, खुम्बु पासाङ ल्हामु गाउँपालिका, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाको बैठकले उक्त निर्णय गरेको हो । निर्णय अनुसार अब पर्यटक तथा स्थानीयको उद्धार तथा मालसामान ढुवानी बाहेक व्यावसायिक रूपमा हेलिकप्टर उडाउन पाइने छैन । ...