बाँकेको नरैनापुर र रामेछापमा भएको आगलागीबाट २२ घरगोठ जले


काठमाण्डौ – बाँकेको नरैनापुर र रामेछापमा भएको आगलागीबाट २२ घरगोठ जलेका छन् । नरैनापुर गाउँपालिकामा १७ घरगोठ र रामेछापमा पाँच घरगोठ जलेका हुन् । बाँकेको नरैनापुर गाउँपालिका–४ जयरामपुर्वामा हिजो दिउँसो आगलागी भएको थियो ।

जुमाई खाँको घरबाट लागेको आगो नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले निभाएका सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दले जानकारी दिनुभयो । खरले छाएका र एकआपसमा जोडिएका घरगोठ रहेका अनि तीव्र हावाहुरीका कारण आगोले क्षति गरेको उहाँको भनाइ छ ।

आगलागीका कारण ६० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले आगलागी पीडितलाई राहत दिने बताउनुभएको छ । हरेक वर्ष नरैनापुरका विभिन्न ठाउँमा आगलागीका घटना हुँदै आएका छन् ।

यसैबीच रामेछापको रामेछाप नगरपालिका–५ को ठिङग्रे, चुकिया र स्वाङग्रागाउँमा आगलागीबाट दुई वटा घर र तीनवटा गोठ जलेका छन् । घर नजिकैको जङ्गलमा लागेको आगो हिजो बस्तीमा पस्दा आगलागी भएको हो । हावाहुरीले आगो थप फैलिएको थियो ।

मानवीय क्षती नभए पनि घरमा भएका अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको रामेछाप नगरपालिका–५ का वडाअध्यक्ष हरिशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । रामेछाप प्रहरीले चैत/वैशाखमा आगलागीको जोखिम हुने भएकाले सर्तकता अपनाउन, वनजङ्गलमा डढेलो नलगाउन अनुरोध समेत गरेको छ ।

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...