Breaking news 1

लुम्बिनी प्रदेशमा स्थापना दिवस मनाइदै, सोमवार सार्वजनिक विदा

लुम्बिनी प्रदेशमा स्थापना दिवस मनाइदै, सोमवार सार्वजनिक विदा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउदैछ। माघ २१ गते सोमवार भोली प्रदेश सरकारले आठौं स्थापना दिवस मनाउन थालेको हो। प्रदेश सभा सचिवालय परिसरमा मुल समारोहको आयोजना गरिदैछ। प्रदेश प्रमुखको बिशेष उपस्थितीमा मुल समारोह आयोजना गर्न थालिएको हो ।  बाजागाजा सहितको झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयहरुका स्टलहरु समेत राखिने छन् । यसैगरी स्थापना दिवसलाई भब्य र उत्सवमय बनाउन माघ २०, २१ र २२ गते तीन दिन प्रदेश मन्त्रालय, सचिवालय, निर्देशनालय र प्रदेशस्थित सबै कार्यालयमा दिपावलीगरी मनाउने कार्यक्रम रहेको छ। शितगंगा नगरपालिका, लमही नगरपालिका, शिवराज नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, सरुमारानी गाउँपालिकाले आ–आफ्नो क्षेत्रभित्रको कला, संस्कृति र भेषभुषा सहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ।  झाँकीहरुको विचमा प्रतिस्पर्...
आज विश्व सिमसार दिवस मनाइँदै

आज विश्व सिमसार दिवस मनाइँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, समाज
काठमाडौँ ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२१ अगष्ट ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो । सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्र्राष्ट्रिय महत्वको सिमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो । संरक्षित क्षेत्रहरूको घोषणा, प्रभावकारी नीतिको कार्यान्वयन र ज्ञान आदानप्रदानमार्फत उक्त महासन्धिले राष्ट्रहरूलाई आफ्ना जलाधार क्षेत्रहरूको संरक्षण र दिगो उपयोगका लागि आवश्यक कदम उठाउन सक्षम बनाउने उद्देश्यले...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
काठमाण्डौ – पूर्वाधार विस्तारका कारण गएको कात्तिकदेखि १४ घण्टा मात्र सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १६ घण्टा सञ्चालनमा आएको छ ।यसअघि राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान बन्द हुँदै आएको विमानस्थल आजदेखि बिहान ७ बजे खुलेर राति ११ बजे बन्द हुनेछ । पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएपछि विमानस्थल सञ्चालनको समय दैनिक दुई घण्टा बढाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएका मुख्य जटिल काम सकिएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउनसक्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत भइरहेको काम चैत १८ गतेभित्र सक्ने लक्ष्य राखिएको छ । ...
हिउँदे अधिवेशनको आज पहिलो बैठक, विपक्षी दलहरु के गर्छन् ?

हिउँदे अधिवेशनको आज पहिलो बैठक, विपक्षी दलहरु के गर्छन् ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं संघीय संसदको हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमै सरकारलाई विपक्षी दलहरुको विरोधको सामना गर्नुपर्ने भएको छ । सरकारले आज हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमा विभिन्न ६ अध्यादेश पेश गर्ने कार्यसूची छ । विपक्षी दलहरु त्यसैको प्रतिवाद गर्ने तयारीमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गरिसकेपछि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलका सांसदहरु विरोधमा उत्रिने तयारीमा रहेको स्रोतले बतायो । सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश हुने आजको कार्यसूची छ । त्यस्तै सहकारी...
अमेरिकी अनुदान सहायतामा रोक लगाउने ट्रम्पको निर्णय स्थगित

अमेरिकी अनुदान सहायतामा रोक लगाउने ट्रम्पको निर्णय स्थगित

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौं सबै प्रकारका वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णय ह्वाइटहाउसले स्थगित गरेको छ । विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइटहाउस पनि पछि हटेको हो । राष्ट्रपति ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरिसकेपछि विभिन्न मुलुकलाई बाँड्दै आएको अनुदान सहयोग ९० दिनसम्मका लागि स्थगित गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । त्यसपछि सबै देशहरुमा निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको थियो । यो निर्णयले अमेरिकी सरकारको सहायतामा पर परेका लाखौं व्यक्तिहरुमा त्रास फैलिएको भन्दै जिल्ला अदालतका न्यायाधीश लोरेन अली खानको इजलासले निर्णय तत्काल यथास्थितिमा राख्न आदेश दिएको बीबीसीले जनाएको छ । ट्रम्पको निर्णयले विश्वभर अमेरिकाको सहयोगमा सञ्चालित स्वास्थ्य, शिक्षा र विकाससँग सम्बन्धित कयौं प्रोजेक्टहरु बन...
सामाजिक सन्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने: उपमहासचिव ज्ञवाली

सामाजिक सन्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने: उपमहासचिव ज्ञवाली

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सरकारले संसदमा दर्ता भएको सामाजिक सन्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने बताए । प्रेस चौतारी नेपाल रुपन्देहीले बुटबलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रेस स्वतन्त्रता कायम गर्ने र गलत सूचनाबाट सबैलाई जोगाउने बताए । साथै उनले देशभर सरकारी पीडितलाई अहिलेको सरकार बनेपछि ठूलो रकम फिर्ता गराएको र अहिले पनि निरन्तर काम भएको बताए सहकारीको बेथिति हटाएको छ, बचत फिर्ता गर्ने पहिलो प्राथमिकता छ। कानुन बमोजिम अघि बढेको छ सरकार । सबै दलमा रहेका आरोपितहरूमाथि छानविन भइरहेको छ’, उनले भने, ‘यसमा पूवाग्रह राख्नुपर्ने होइन । एमालेमाथि आरोप लगाइएको छ, एमालेको प्रतिस्पर्धा रास्वपा होइन, राम्रो गरे जनताले सम्मान गर्छन् यो समस्या गोर्खा मिडियामा हुँदाको हो दलसँगको होइन ।’ यस्तै उपमहासचिव ज्ञवालीले नेकपा एमालेको राजनीतिमा पूर्व राष्ट्रपति ...
आज शहिद दिवस: सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइँदै

आज शहिद दिवस: सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौ आज माघ १६ अर्थात् शहिद दिवस । आज प्रजातन्त्र स्थापना लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी सहिद दिवस देशभर मनाइँदै छ। विसं २००७ पछि देखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ। तर पनि शहिद हरूले सहादत प्राप्त गरेको झण्डै आठ दशक पूरा हुँदा पनि शहिदका सपना साकार भएको पाइदैन । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए। माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहिदको सम्झनामा दिवस मनाउन थालिएको हो।माघ १६ ...
सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता, भ्रामक विषयवस्तु प्रसार गर्ने लाई ५ लाख रुपैयाँसम्म जरिवाना

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता, भ्रामक विषयवस्तु प्रसार गर्ने लाई ५ लाख रुपैयाँसम्म जरिवाना

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
१५ माघ, काठमाडौं। सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ ।राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक दर्ता गराएका हुन् । परिच्छेद ५ मा कसुर र सजाय सम्बन्धी व्यवस्था छ । त्यसमा साइबर बुलिङ गरेमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था राखिएको छ । साइबर बुलिङ भन्नाले कसैले इन्टरनेट जडान भएको डिजिटल उपकरणको माध्यमबाट सामाजिक सञ्जालको प्रयोग गरी साइबरस्पेसमा गलत वा हानिकारक वाक्य, शब्द, अक्षर, चिह्न, चित्र, तस्वीर, स्केच, फोटो, अडियो, भिडियो, श्रव्य–दृश्य, संकेत वा सन्देश पठाउने, पोष्ट गर्ने, सेयर गर्ने वा सोही कार्यबाट कसैलाई सताउने, तर्साउने, धम्क्याउने, लज्जित गराउने, अपमान गर्ने, मानमर्दन गर्ने वा अफवाह फैलाउने गरी आवाजको नक्कल गर्ने जस्ता कार्यलाई सम्झनुपर्ने वि...
गुगलदेखि मेटासम्मले नेपालमा साढे ४१ करोड कर तिरे

गुगलदेखि मेटासम्मले नेपालमा साढे ४१ करोड कर तिरे

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार
काठमाडौँ माइक्रोसफ्ट, गुगल, मेटा, टिकटक, एडोबी, नेटफ्लिक्स, अमेजन, एप्पलजस्ता विश्वका ठूला सामाजिक सञ्जाल एवं सूचना प्रविधि कम्पनीले नेपालमा विद्युतीय सेवा उपलब्ध गराएर एक वर्षमा पौने ३ अर्ब रुपैयाँ कारोबार गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा गरेको उक्त कारोबारबापत ती कम्पनीले साढे ४१ करोड कर तिरेका छन् । कर तिर्नेमध्ये एक अमेरिकी कम्पनी एक्लैले अधिकतम झन्डै १ अर्ब ३१ करोड रुपैयाँसम्म कारोबार गरेको छ ।  गत आर्थिक वर्षमा आन्तरिक राजस्व विभागमा दर्ता भई प्यान नम्बर लिएका १८ कम्पनीले २ अर्ब ७५ करोड ८० लाख ३२ हजार रुपैयाँको कारोबार गरेको ठूला करदाता कार्यालयले जनाएको छ । यसबापत ती कम्पनीले सरकारलाई ३५ करोड ८५ लाख ४४ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) र ५ करोड ८१ लाख ७५ हजार रुपैयाँ विद्युतीय सेवा कर तिरेका हुन् । भ्याट र विद्युतीय सेवा कर गरी ग्लोबल टेक कम्पनीबाट सरकारले कु...
आप्रवासी बोकेको अमेरिकी जहाज कोलम्बियाले अवतरण गर्न नदिएपछि दुई देशबीच तनाव

आप्रवासी बोकेको अमेरिकी जहाज कोलम्बियाले अवतरण गर्न नदिएपछि दुई देशबीच तनाव

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। अमेरिकामा अवैध रूपमा रहेका कोलम्बियाका आप्रवासीहरूलाई फिर्ता लिन त्यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले अस्वीकार गरेपछि ट्रम्पले कोलम्बियाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका हुन्।ट्रम्पले एक सातभित्र करको दर अझै बढाएर ५० प्रतिशत पुर्‍याउने घोषणा पनि गरेका छन्। अमेरिकामा अवैध रूपमा बसिरहेका कोलम्बियन आप्रवासीहरूलाई लिएर गएको सैन्य विमानलाई कोलम्बियामा अवतरण गर्न रोक लगाएपछि ट्रम्पले त्यसको जबाफमा कोलम्बियाबाट आयात हुने वस्तु तथा सामग्रीमा ५० प्रतिशतसम्म कर लगाउने घोषणा गरेका हुन्।जबाफमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले पनि अमेरिकाबाट आयात हुने सामग्रीमा २५ प्रतिशत कर लगाउन त्यहाँको वाणिज्य मन्त्रालयलाई निर्देशन दिएका छन्। गुस्ताभोले  एक्समार्फ...