Tag: barsha

तिनाउ नदीमा जलसतर्कता तह पार गर्ने चेतावनी,  सचेत रहन आग्रह

तिनाउ नदीमा जलसतर्कता तह पार गर्ने चेतावनी, सचेत रहन आग्रह

Breaking news 1, ताजा अपडेट, माैसम, स्थानीय
१६ असार बुटवल । रुपन्देही, पाल्पा लगायत आसपासका जिल्लामा निरन्तरको वर्षासँगै तिनाउ नदीमा जलसतले सतर्कता तह पार गर्ने चेतावनी दिइएको छ । बाढी मापदन केन्द्र बुटवलले सुचना जारी गर्दै पछिल्लो ३ घन्टा तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई तटिय क्षेत्रमा बाढीको जोखिम बढेको छ । तिनाउ नदीका तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा हुनेहरू दिउँसो ३ बजे सम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यसैगरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ। विनयी लगायत स साना खोलाहरूको बहाव बढ्ने बताइएको छ । नदी तटीय क्षेत्र र यात्रामा निस्किनेहरूले सतर्कता अपनाउन आग्रह गरिएको छ। ...
राष्ट्रपति निर्वाचनस् रास्वपाको बैठक आज बिहान बस्दै

राष्ट्रपति निर्वाचनस् रास्वपाको बैठक आज बिहान बस्दै

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौं । राष्ट्रपति निर्वाचनका लागि अहिलेसम्म नखुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज निर्णय लिदैछ ।रबि लामिछाने नेतृत्वको रास्वपा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा निर्णय लिन आज बैठक बोलाएको हो । सो पार्टीका उपसभापति डोलप्रसाद पौडेलका अनुसार बैठक बिहान ८ बजे सो बैठक बस्नेछ । रास्वपा संघीय संसदमा उम्मेदवारको हकमा अहिलेसम्म कुनै पनि निर्णय नलिएको एक मात्र राजनीतिक दल हो ।  आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ । ...
म्यासेन्जर, भाइबर, ह्वाट्सएपजस्ता ओटीटी नियमन गर्न अध्ययन

म्यासेन्जर, भाइबर, ह्वाट्सएपजस्ता ओटीटी नियमन गर्न अध्ययन

Breaking news 3, ताजा अपडेट
६ माघ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा प्रयोगमा रहेका ‘ओभर द टप’ (ओटीटी) अर्थात् इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन तथा भिडियो सेवा प्रदान गर्ने एप्लिकेसनको नियमनबारे अध्ययन थालेको छ । दूरसञ्चार प्राधिकरणका निर्देशक अमर स्थापितको नेतृत्वमा बनेको कार्यदलले ओटीटीको नियमनको आवश्यकता, विधि र अन्तर्राष्ट्रिय अभ्यासबारे अध्ययन थालेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।‘नियमन नगर्दा ओटीटीमार्फत ठगी र विभिन्न आपराधिक तथा गैरकानुनी काम भइरहेका छन्,’ उनले भने,’त्यसैले नियमनका लागि के गर्न सकिन्छ भन्नेबारे कार्यदलले प्रतिवेदन दिनेछ ।’महालेखा परीक्षकको कार्यालयले पटक- पटक ‘ओभर द टप’मार्फत इन्टरनेट टेलिफोन सेवा प्रदान गर्ने एप्लिकेसनसँग पनि राजस्व असुल्ने व्यवस्था गर्न सुझाव दिंदै आएको थियो । भाइबर, फेसबूक मेसेन्जर, स्काइप, ह्वाटस् एप, विच्याट, इमो जस्ता एप्लिकेसनहरु...
बंगलादेशमा डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु

बंगलादेशमा डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु

विदेश, समाचार
११ असोज, काठमाडौं । बंगलादेशमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ४३ पुगेको छ । उत्तरी बंगलादेशमा आइतबार डुंगा चढेर मन्दिर जाँदै गरेकाहरु दुर्घटनामा परेका थिए । केही अझै पनि बेपत्ता रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । उनीहरुको खोजी भइरहेको छ । पञ्चगढ जिल्ला प्रशासक जहरुल इस्लामले डुंगा दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिएका छन् ।प्रारम्भिक रिपोर्ट अनुसार डुंगामा क्षमताभन्दा तीन गुणा बढी मानिसहरु सवार थिए । बीबीसीका अनुसार डुंगामा १ सय भन्दा बढी यात्रु चढेका थिए । ...
आजदेखि तीन दिन झरी पर्ने सम्भावना, बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह

आजदेखि तीन दिन झरी पर्ने सम्भावना, बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै - गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । आज देशैभर झरी पर्ने अनुमान छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा रहे पनि पूर्वी क्षेत्रमा सरदर स्थानभन्दा केही माथि सरेकाले मौसम बदली भइ झरी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज, भोलि र पर्सि दिन तीन दिनसम्म नै झरी पर्ने सम्भावना छ । केहीबेर पानी  पर्न रोकिएर घाम लागेजस्तो भए पनि फेरि पनी पर्ने उहाँले बताउनुभयो । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तीन दिन नै ठूलो वर्षाको सम्भावना छ । यसले गर्दा यी दुई प्रदेशमा बाढी पहिरोको जोखिम धेरै छ । आज लुम्बिनी, गण्डकी, सुदूरपश्चिम, प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षाको पूर्वानुमान गरिएको छ । झरीका कारण भू–क्षय, पहिरो तथा बाढीको जोखिम रहेकाले सतर...