Tag: patra

विभिन्न प्रदेशमा विहानै देखि बर्षा, कस्तो रहला दिनभरको मौसम ?

विभिन्न प्रदेशमा विहानै देखि बर्षा, कस्तो रहला दिनभरको मौसम ?

Breaking news 2, ताजा अपडेट, माैसम, समाचार, स्थानीय
काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी  भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ।  राति पहाडी तथा तराईका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  यो क्रम आइतबारसम्मै जारी रहने महाशाखाले जनाएको छ ।  ...
आज उपराष्ट्रपति निर्वाचन, साँझ ६ बजेभित्र परिणाम

आज उपराष्ट्रपति निर्वाचन, साँझ ६ बजेभित्र परिणाम

Breaking news 1, ताजा अपडेट, समाचार
३ चैत, काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचन आज हुँदै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो ।बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको शर्माले बताइन् । उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् ।  जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको घोाषणा गरेकी छन् । तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उ...
यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

Breaking news 1, ताजा अपडेट, समाचार
२ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो । यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ । र, जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको छ । आसिफ खानको कीर्तिमानी शतक यूएईले पहिलो विकेट सस्तैमा गुमाएको थियो । टिमको स्कोर १९ रन हुँदा आर्यन लक्रा व्यक्तिगत ६ रनमा आउट भएका थिए । महम्मद वसिम र भृत्य अरविन्दले दोस्रो विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गरे । बुधबार मात्र पपुवा न्यूगिनीविरुद्ध शतक बनाएका वसिमल...
प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा, खेलाडीलाई ओलीकाे पनि शुभकामना

प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा, खेलाडीलाई ओलीकाे पनि शुभकामना

Breaking news 2, खेलकुद, ताजा अपडेट, विविध
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुर मैदान पुग्नुभएको छ । खेलाडीको मनोबल बढाउन र प्रोत्साहन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुग्नुभएको हो । उहाँले खेलाडीहरूसँग हात मिलाउँदै जितका लागि शुभकामना दिनुभएको छ ।यस्तै पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि खेलाडीहरूलाई जितको शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत खेलाडीहरूलाई जितको शुभकामना दिनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्व कपमा प्रवेश गराउने सफलताका लागि नेपाली क्रिकेट टिमलाई शुभकामना ! राष्ट्र तपाईँहरूको साथमा छ, म तपाईँहरूको साथमा छु ।’नेपालले अहिले आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँग खेल्दैछ । टस हारेको नेपालले बलिङ गर्दैछ । लिग–२ क...
युएईले टस जित्यो, नेपालले बलिङ गर्दै

युएईले टस जित्यो, नेपालले बलिङ गर्दै

Breaking news 1, खेलकुद, ताजा अपडेट
२ चैत, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा युएईले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ । खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाली टिममा आज करण केसीको स्थानमा गुल्शन झालाई राखिएको छ ।युएईविरुद्धको आजको खेलमा विजयी भए नेपाल लिग टुको शीर्ष तीनमा रहँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउने छ । हालसम्मको खेलबाट नेपालको ३८ र नामिबियाको ३९ अंक छ । युएई ३३ अंकसहित तालिकाको छैटौं स्थानमा छ । आजको खेलको नतिजा युएईको पक्षमा गए नेपाल चौथो स्थानमा यथावत रहँदै नामिबियामा हुने प्लेअफका लागि जानु पर्नेछ ।नेपाल पराजित भएमा नामिबियाले शीर्ष तीनको स्थान कब्जा गर्नेछ । पहिलो र दोस्रो स्थानमा रहँदै स्कटल्यान्ड र ओमान भने विश्वकप छनोटमा पुगिसकेका छन् ।नेपाल जारी सिरिजमा अपराजित भएकाले आज पनि त्यसैलाई निरन...
आज चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ताजा अपडेट, माैसम, विविध, समाचार
काठमाडौँ । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा आंशिक बदली रहेको छ । आज दिउँसो कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा अपराह्नतिर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  आज राति देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।   ...
केन्द्रीय सर्भरमा समस्या, देशभर स्वास्थ्य बीमा कार्यक्रम अवरुद्ध

केन्द्रीय सर्भरमा समस्या, देशभर स्वास्थ्य बीमा कार्यक्रम अवरुद्ध

Breaking news 1, ताजा अपडेट, समाचार
२८ फागुन, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम लागु भएका देशभरका अस्पतालमा विहानैदेखि सेवा अवरुद्ध भएको छ । केन्द्रीय सर्भरमा समस्या आएको कारण अस्पतालहरुले सेवा स्थगित गरेका हुन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज बिहानै सूचना टाँस गरी अस्पतालबाट दिइने सेवा स्थगित रहेको जानकारी गराएको छ । स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी शम्भु प्रसाद ज्ञवालीले बिहानैबाट सर्भरमा समस्या आएको बताए । ‘गभरमेन्ट इन्टिग्रेट डाटा सेन्टर (जीआईडीसी) (केन्द्रीय सर्भर)मा समस्या आएपछि देशभरका स्वास्थ्य बीमाका सर्भर चलेका छैनन्,’ ज्ञवालीले भने, ‘सर्भर नचल्दा बिमितले पाउने सेवामा समस्या हुने नै भयो ।’ प्राविधिकहरु काममा खटिइसकेको केही समयमा समस्या समाधान हुने ज्ञवालीले बताए । ‘केही हप्तादेखि नै सर्भरमा पटक–पटक समस्या आइरहेको छ । के कारणले यस्तो भइरहेको हामीले कारण खोजिरहेका छौं,’ उ...
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
२५ फागुन, काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए । अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका निर्वाचन कार्यालय स्रोतले जनाएको छ । निर्वाचन कार्यालयले भने आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी छ । संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका...
रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने जसपाको निर्णय

रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने जसपाको निर्णय

Breaking news 1, ताजा अपडेट, समाचार
२५ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीले उपपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएको छ ।बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए । रामसहाय प्रसाद यादव हाल जसपाको संसदीय दलको नेता छन् ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ८ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो । उपराष्ट्रपतिको चुनाव ३ चैतमा हुँदैछ । ...
अमेरिकामा चार हप्तामा एक लाखभन्दा धेरै बालबालिकालाई कोरोना सङ्क्रमण

अमेरिकामा चार हप्तामा एक लाखभन्दा धेरै बालबालिकालाई कोरोना सङ्क्रमण

ताजा अपडेट, विदेश, विविध
अमेरिकामा पछिल्लो चार हप्तामा एक लाखभन्दा धेरै बालबालिकालाई कोरोना सङ्क्रमण भएको छ । स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार चार हप्तायता एक लाख छ हजार जना बालबालिकालाई कोभिडको सङ्क्रमण भएको हो । पछिल्लो समय कोभिडको सङ्क्रमण दर घटेको तर बालबालिकामा भने सङ्क्रमण भैरहेको अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्पिटल एसोसिएशनले निकालेको पछिल्लो विज्ञप्तिमा उल्लेख छ । डाक्टरले कोभिडबाट सङ्क्रमित भएकाहरुको उमेर समूहअनुसारको तथ्याङ्क लिनुपर्ने र त्यसैअनुसार खोप तथा सुरक्षाका उपायहरु अपनाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् । अमेरिकामा कोरोना सङ्क्रमण सुरु भएपछि १ करोड ५५ लाखभन्दा धेरै बालबालिकालाई सङ्क्रमण पुष्टि भएको छ। ...