पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारबाही गरिन्छ : अध्यक्ष ओली



काठमाडौँ
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारबाही गरिने बताएका छन् ।

एमालेको बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई आज च्यासलमा सम्बोधन गर्दै उनले पार्टीमा रहेर अन्य दललाई मत दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । त्यस्तो गतिविधिमा संलग्न भएको पाइएमा स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी देखिए कारबाही गर्ने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन नजिकिएकाले पार्टीभित्रका अन्तरविरोध आपसी छलफलबाट समाधान गरी एकताबद्ध भएर निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सक्रिय हुन आग्रह गर्दै पार्टीमा रहेर बेइमानी गर्ने छुट कसैलाई नभएको बताए ।
एमाले सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले बैठकमा आगामी स्थानीय तहको निर्वाचनको तयारी तथा मङ्सिर २ र ३ गते काठमाडौँमा आयोजना हुने भेलाको तयारीबारे छलफल हुने जानकारी दिएका थिए ।

छुटाउनुभयो कि ?

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

काठमाडौंदुई गठबन्धन दल एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि विश्वासको मत पाउने सम्भावना नरहेपछि मधेश प्रदेश सरकारका मुख्यमन्त...
पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारबाही गरिन्छ : अध्यक्ष ओली

पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारबाही गरिन्छ : अध्यक्ष ओली

काठमाडौँएमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारबाही गर...
पाठ्यपुस्तक छपाइ तथा वितरणको सूचीकरण सुरु, १५ दिनभित्र विद्यालयमा पुस्तक पुर्‍याउनुपर्ने

पाठ्यपुस्तक छपाइ तथा वितरणको सूचीकरण सुरु, १५ दिनभित्र विद्यालयमा पुस्तक पुर्‍याउनुपर्ने

काठमान्डौँपाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०८४ का लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ तथा बिक्रीवितरण गर्न इच्छुक प्रक...
एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एउटा खेल हुँदैछ । आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्...