लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा भूमिश्वर ढकाल


लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई दिएका छन् । छिमेकी देश चीन भ्रमणमा जान लागेका मुख्यमन्त्री आचार्यले आफु नफर्किदासम्मको लागि मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्री आचार्यले कार्तिक २५ गते आइतबार (आज) देखि लागू हुने गरी लुम्बिनी प्रदेश सरकार कार्यसम्पादन नियमाली २०७४ पछिल्लो संशोधनको नियम १४ को उपनियम ३ बमोजिम मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको कार्यसम्पादन गर्नेगरी जिम्मेवारी तोकेका हुन् । नेपालको संविधान र अन्य प्रचलित कानूनको अधिनमा रही तोकिएको कार्य जिम्मेवारी सम्पादन गर्न अनुरोध गरिएको छ । 

सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्यसहित ७ सदस्यीय प्रतिनिधिमण्डल चीन जान लागेको हो । सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न (नोभेम्बर ११ देखि १३) कार्तिक २६, २७ र २८ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षीय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता हुनेछ ।

वि.सं. २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्तबीच भगेनी सम्बन्ध कायम गरिएको थियो । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले सिचुआन प्रान्तबीच भगेनी सम्बन्ध कायम गरेका थिए । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।

छुटाउनुभयो कि ?

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरापोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानमार्फत दुबई जाने यात्रुहरूलाई पोखरा महा...
मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

काठमाडौंमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरु...
महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन...
सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सु...