देशका विभिन्न नदीको जलसतहले सतर्कता तह पार गर्‍याे


काठमाण्डौ – निरन्तरको वर्षाले विभिन्न क्षेत्रका नदी तथा खोलामा पानीको बहावसँगै जोखिम बढेको छ । काठमाण्डौमा विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले नदी तटीय क्षेत्र आसपास बस्ने र नदी किनार भई यात्रा गर्नेहरूलाई दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै ललितपुरको गोदावरी नगरपालिकामा रहेको खोड्कु खोला झरुवाराशी जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । त्यस क्षेत्रमा  नदी तटिय क्षेत्रमा बाढीको जोखिम रहेकोले दिउँसो २ बजे सम्मै उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ  । यसैबीच, आज सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी ( पूर्व), नवलपरासी ( पश्चिम), रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरुमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बहावको उच्च जोखिम रहने पूर्वानुमान रहेको छ ।यस क्षेत्रका मेलम्ची, बाग्मती, बिष्णुमती, धोबि खोला, हनुमन्ते खोला, कालिगण्डकीको सहायक नदीहरू, तिनाउ, बाणगंगा, कञ्चनखोला, दानो खोला लगायतका नदीमा आकस्मिक बहावको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।आज र भोलि तमोर, अरूण, तिनाउ, बाग्मती, कमला, नारायणी, कालीगण्डकी, मर्स्याङदी, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान रहेकोले नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले  अनुरोध गरेको छ ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...