कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै



काठमाडौं
प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दैछ ।

आजको बैठकमा मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथि सरोकारवालासँग छलफल गर्ने भएको छ ।

बैठक आज अपराहन्न १२ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको समितिको सभाकक्षमा बस्नेछ।

बैठकको मुख्य कार्यसूची मेलमिलापसम्बन्धी विधेयकमाथि सम्बन्धित सरोकारवालाको धारणा लिने रहेको छ । छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, मेलमिलाप परिषद्का अध्यक्ष तथा सचिव, काठमाडौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकाका न्यायिक समिति संयोजक सहभागी हुनेछन्।

त्यस्तै, नेपाल बार एसोसिएसन, नगरपालिका महासंघ, गाउँपालिका महासंघ र प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रका प्रतिनिधिलाई पनि छलफलमा आमन्त्रण गरिएको समितिले जानकारी दिएको छ ।

छुटाउनुभयो कि ?

प्रधानमन्त्री शाहले लिए सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ

प्रधानमन्त्री शाहले लिए सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका ...
एनपीएल: लुम्बिनी द्वारा जनकपुर १६ रनले पराजित

एनपीएल: लुम्बिनी द्वारा जनकपुर १६ रनले पराजित

बुटवलनेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले अपराजित यात्रा जारी राखेको छ ।भर्खरै सम्पन्न खेलमा लुम्बिनीले जनक...
चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध सुनिश्चित गर्न मन्त्री श्रेष्ठको निर्देशन

चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध सुनिश्चित गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध रुपमा सुनिश्चित गर्न निर्देशन...
आइजिपीमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगे कार्की

आइजिपीमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगे कार्की

बुटवलआईजीपीमा पुनर्बहालीको माग गर्दै पूर्वआइजिपी दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । सरकारले आईजीपीबाट हटाएपछि पुनर्...