चीनद्वारा दुईवटा बेली पुल हस्तान्तरण



काठमाडौं
चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्र सरकारले बाढी प्रभावित क्षेत्रमा जडान गर्न नेपाललाई दुईवटा बेली पुलका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
नेपालको महावाणिज्य दूतावासले हालैको बाढीबाट प्रभावित क्षेत्रमा जडान गर्न ३० वटा बेली पुल उपलब्ध गराउन सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयसँग अनुरोध गरेको थियो। सोही अनुरोधअनुसार चीनले पहिलो चरणमा १०० मिटर लम्बाइका दुईवटा बेली पुल निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो।
ल्हासास्थित नेपालको महावाणिज्य दूतावासमा आयोजित हस्तान्तरण तथा ग्रहण समारोहमा ल्हासाका लागि नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौला र सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयका उप-महानिर्देशक ओउयाङ झिबिङले हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गरी एक–आपसमा आदानप्रदान गरेका थिए।
समारोहमा ल्हासास्थित नेपाली महावाणिज्य दूतावास तथा सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयका अधिकारीहरूको उपस्थिति थियो।

पुलका सामग्रीहरू माथिल्लो मुस्ताङको कोरोला (लिजी) सीमा बिन्दुमा आइपुगेका छन्। नेपाली पक्षले ती सामग्री बुझेर बाढी प्रभावित क्षेत्रमा पुल जडानको प्रक्रिया अघि बढाउनेछ।

पुलको प्रभावकारी र सहज जडानका लागि चिनियाँ पक्षले आवश्यक प्राविधिक जनशक्ति समेत उपलब्ध गराएको छ। चिनियाँ प्राविधिकहरू छिट्टै नेपाल आउने बताइएको छ।

चीनले उपलब्ध गराएका सामग्रीमा बेली प्यानल, स्टिफनिङ कर्ड, स्वे ब्रेस, ब्रेस बोल्ट, बेली पिन, डेकिङ प्यानल, स्टिल प्लेट, बीम, च्यानल स्टिल तथा पाइप वेल्डिङ लगायतका सामग्री रहेका छन्।

छुटाउनुभयो कि ?

समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य

समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य

अर्घाखाँचीलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपम...
चीनद्वारा दुईवटा बेली पुल हस्तान्तरण

चीनद्वारा दुईवटा बेली पुल हस्तान्तरण

काठमाडौंचीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्र सरकारले बाढी प्रभावित क्षेत्रमा जडान गर्न नेपाललाई दुईवटा बेली पुलका लागि आवश्य...
पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा

काठमाडौँनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य प्रतिलि...
बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवलउच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलस्थित बुटवल रारा मसला उद्योग बन्द गराउने घरेलु तथा साना उद्योग कार्यालय रुपन्देह...