निजी क्षेत्रले भन्यो– ‘प्रधानमन्त्रीज्यू पहिला थुन्ने, पछि सुन्ने’ प्रवृत्ति अन्त्य गर्नुहोस’



काठमाडौं
व्यवसायीलाई अनुसन्धान पूरा नहुँदै पक्राउ गर्ने प्रवृत्तिले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै व्यवसायीहरूले आर्थिक अपराधका मुद्दामा अग्रिम जमानत एन्टिसिपेटरी बेलको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले बुधबार प्रधानमन्त्री वालेन्द्र शाह बालेनसँग भएको करिब डेढ घण्टाको छलफलमा यस्तो माग राखेका हुन् ।
निजी क्षेत्रका प्रतिनिधिहरूले पछिल्लो समय आर्थिक अपराधका नाममा व्यवसायीलाई पहिला पक्राउ गर्ने र त्यसपछि मात्रै अनुसन्धान अघि बढाउने अभ्यासले लगानीको वातावरण बिगारेको बताएका थिए । उनीहरूले कुनै व्यवसायी दोषी प्रमाणित नहुँदै पक्राउ गरेर सामान्य अपराधीसरह राखिने अवस्था अन्त्य गर्न कानुनी सुधार आवश्यक रहेको धारणा राखे ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले विश्वका धेरै मुलुकमा आर्थिक अपराधका मुद्दामा अग्रिम जमानतको व्यवस्था रहेको उल्लेख गरे । नेपालमा पनि त्यस्तो व्यवस्था आवश्यक भएको कुरा प्रधानमन्त्रीसमक्ष राखेको बताए । उनका अनुसार, कुनै व्यवसायी आर्थिक अपराधमा दोषी ठहर हुनुअघि नै पक्राउ परेर चोर–डकैतसँगै हिरासतमा बस्नुपर्ने अवस्था आए त्यसले उसको जीवनभरको प्रतिष्ठा र मनोबलमा असर पुर्‍याउँछ ।

उनले प्रधानमन्त्रीसमक्ष आर्थिक अपराधसम्बन्धी मुद्दामा एन्टिसिपेटरी बेलको व्यवस्था गर्न स्पष्ट रूपमा प्रस्ताव राखिएको बताए । प्रधानमन्त्रीले त्यसलाई सकारात्मक रूपमा लिएको जानकारी दिए ।

अग्रवालका अनुसार, भेटमा पछिल्लो समय देखिएको अर्थतन्त्रको सुस्तता, निजी क्षेत्रको घट्दो मनोबल, लगानीको वातावरण, वित्त नीति, मौद्रिक नीति तथा उत्पादनमूलक क्षेत्रले भोगिरहेका समस्याबारे विस्तृत छलफल भएको थियो ।

उनले लामो समयदेखि अर्थतन्त्र सुस्त अवस्थामा रहेको बताए । कोभिडपछि सरकारले ल्याएका वित्तीय तथा मौद्रिक नीतिले अपेक्षित रूपमा अर्थतन्त्रलाई चलायमान बनाउन नसकेको उनको भनाइ छ । निजी क्षेत्रको मनोबल उठाउन सरकारले अझ आक्रामक रूपमा सहजीकरण गर्नुपर्ने, नीतिगत अन्योल हटाउनुपर्ने र नियामकीय अनुपालन ९रेगुलेटरी कम्प्लायन्स० को अनावश्यक दबाब कम गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्रीलाई दिइएको उनले बताए ।

अग्रवालका अनुसार, निजी क्षेत्र र सरकारबीच लामो समयदेखि प्रभावकारी संवाद हुन नसकेको अवस्थामा प्रधानमन्त्रीसँग भएको यो पहिलो औपचारिक अन्तरक्रियामा सरकारका प्राथमिकता र उद्देश्यबारे समेत छलफल भएको थियो । निजी क्षेत्रले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि नियमित संवाद संयन्त्र बनाउन आग्रह गरेका थिए । प्रधानमन्त्रीले त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको उनले बताए ।
भेटमा प्रधानमन्त्री बालेनले निजी क्षेत्रलाई नेपालको अर्थतन्त्रको ‘ड्राइभिङ सिट’मा राखेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताए । उद्यमी–व्यवसायीमाथि अनावश्यक धरपकड गर्ने सरकारको कुनै उद्देश्य नरहेको स्पष्ट पारेका थिए । व्यवसायीले उठाएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने आश्वासन पनि उनले दिएको अग्रवालले जानकारी दिए ।

प्रधानमन्त्रीसँगको छलफलमा नेपाल चेम्बर अफ कमर्सबाट अध्यक्ष अग्रवाल र उपाध्यक्ष दीपक मल्होत्रा, नेपाल उद्योग वाणिज्य महासंघबाट अध्यक्ष अञ्जन श्रेष्ठ र उज्ज्वल श्रेष्ठ तथा नेपाल उद्योग परिसंघबाट निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा। घनश्याम ओझा सहभागी थिए । छलफलमा सांसद विदुषी राणा पनि उपस्थित थिइन् ।

छुटाउनुभयो कि ?

यि हुन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय (सूचीसहित)

यि हुन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय (सूचीसहित)

काठमाडौंसरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्...
निजी क्षेत्रले भन्यो– ‘प्रधानमन्त्रीज्यू पहिला थुन्ने, पछि सुन्ने’ प्रवृत्ति अन्त्य गर्नुहोस’

निजी क्षेत्रले भन्यो– ‘प्रधानमन्त्रीज्यू पहिला थुन्ने, पछि सुन्ने’ प्रवृत्ति अन्त्य गर्नुहोस’

काठमाडौंव्यवसायीलाई अनुसन्धान पूरा नहुँदै पक्राउ गर्ने प्रवृत्तिले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै व्यवसायीहरूले आर्थ...
बुटवलमा सुमित गुरुङ ‘आचे’को अपराध चक्र : ८ वर्ष जेल बसाईबाट आएर पुनः दुई युवामाथि चक्कु प्रहार

बुटवलमा सुमित गुरुङ ‘आचे’को अपराध चक्र : ८ वर्ष जेल बसाईबाट आएर पुनः दुई युवामाथि चक्कु प्रहार

बुटवलकर्तव्य ज्यान मुद्दामा ८ वर्ष जेल सजाय काटेर छुटेका एक युवा चक्कु प्रहार आरोपमा पुनः पक्राउ परेका छन् । सामाजिक सञ्जालहर...
लुम्बिनीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

लुम्बिनीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँजल तथा मौसम विज्ञान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर...