माग सम्बोधन हुने प्रतिबद्धतापछि सुस्तावासीले स्थगित गरे आन्दोलन



बुटवल
सीमा अतिक्रमण रोक्न, नागरिकता र लालपुर्जा उपलब्ध गराउनुपर्ने मागसहित काठमाडौँमा आन्दोलन गरिरहेका नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले गृह मन्त्रालयबाट माग सम्बोधन गर्ने प्रतिबद्धता आएपछि आन्दोलन स्थगित गरेका छन् ।

गत मंगलबारदेखि काठमाडौँमा धर्ना तथा प्रदर्शन गर्दै आएका आन्दोलनकारी आइतबार बिहान सुस्ता फर्किएको आन्दोलनका संयोजक बाबु खाँले जानकारी दिए ।
उनका अनुसार गृह मन्त्रालयले सुस्ता क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै थप सुरक्षाकर्मी परिचालन गर्ने, नागरिकता नपाएका व्यक्तिको विवरण सङ्कलन गर्ने तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउने विषयमा पहल गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गर्ने निर्णय गरिएको हो ।

संयोजक खाँले सुस्ता फर्किएपछि जिल्ला प्रशासन कार्यालयसँग थप छलफल गर्ने तयारी रहेको बताए । आइतबार सार्वजनिक बिदा परेकाले सोमबार आन्दोलनकारीहरूको टोली जिल्ला प्रशासन कार्यालय पुगेर गृह मन्त्रालयको प्रतिबद्धता कार्यान्वयनका विषयमा छलफल गर्ने योजना रहेको उनले बताए ।

सीमा अतिक्रमण रोक्न, भूमि संरक्षण गर्न तथा वर्षौँदेखि बसोबास गर्दै आएका स्थानीयलाई नागरिकता र लालपुर्जा उपलब्ध गराउनुपर्ने मागसहित ५० भन्दा बढी सुस्तावासी काठमाडौँ पुगेका थिए ।

आन्दोलनका क्रममा उनीहरूले गौशालादेखि नारा–जुलुससहित माइतीघर मण्डलासम्म प्रदर्शन गर्दै धर्ना दिएका थिए । गृह मन्त्रालयबाट माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएपछि उनीहरूले हालका लागि आन्दोलन स्थगित गरी गाउँ फर्किएको बताएका छन् ।

छुटाउनुभयो कि ?

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँ...
विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

काठमाडौँ२०७८ देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आम्दानी गर्न थालेको छ । त्यसअघिका वर्षमा आयात मात्र गर्दै आएको नेपालले...
दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गरिने

दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गरिने

बुटवलसरकारले दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गर्ने भएको छ। शुक्रबार पहिलो मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधा...
‘३५ वर्षको हिसाब संयन्त्र खोज्दै गर्छन् , हामी आगामी ३५ वर्षको योजना बनाऔँ’ : रवि लामिछाने

‘३५ वर्षको हिसाब संयन्त्र खोज्दै गर्छन् , हामी आगामी ३५ वर्षको योजना बनाऔँ’ : रवि लामिछाने

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको अबको प्राथमिकता विगतका राजनीतिक दलको आलोचना होइ...