समाचार

बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन आयोजना हुने

बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन आयोजना हुने

Breaking news 2, समाचार, स्थानीय
बुटवल । बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । बुटवलमा बुधबार पत्रकार सम्मेलन गरी आयोजक बुटवल उपमहानगरपालिकाले देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको जानकारी गराएको हो ।पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समान समस्या, समान मुद्दा र समान संरचना भएका हामीहरुका बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उदेश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो । उपमहानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधिसहित करीब ५ सय सहभागी हुने सम्मेलनले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्ने उहाँले बताउनुभयो । उहाँले सम्मेलनको उद्घाटन समारोह बुटवल अन्तरराष्ट्रिय...
<a href="https://thahakhabar.com/news/171149/">गृह मन्त्रालयले रविलाई दिएन पूर्वमन्त्रीको दर्जा !</a>

गृह मन्त्रालयले रविलाई दिएन पूर्वमन्त्रीको दर्जा !

ताजा अपडेट, समाचार
काठमाडौं : नागरिकता विवादमा बर्खास्तमा परेका रवि लामिछानेको नाम गृहमन्त्रलायले पूर्व मन्त्रीको लिष्टमा पनि राखेको छैन्।  शुक्रबार (२०७९–१०–१३) गते सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिता पुनः प्राप्ति गर्न आदेश दिएसँगै लामिछाने बर्खास्त भएका थिए। त्यस लगत्तै मन्त्रालयले उनको नाम गृह मन्त्रालयलको वेभसाइटबाट हटायो। तर उनको नाम पूर्वमन्त्रीको सूचीमा पनि राखेको छैन्। पूर्व गृहमन्त्रीमा २०४७ साल यता गृहमन्त्री भएका २० जनाको नाम रहेपनि रविको नाम भने छैन्।  राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ बाट निर्वाचित लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको रुपमा शपथ  लिएका थिए। उनी मन्त्रीको रुपमा ३२ दिनमात्रै रहे।  ...
कुष्ठरोग विरुद्धको दिवस आज : १६ जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी

कुष्ठरोग विरुद्धको दिवस आज : १६ जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी

समाचार, स्थानीय
काठमाण्डाै - आज ७०औँ विश्व कुष्ठरोग विरुद्धको दिवस । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ। नेपालमा २०६६ सालमा राष्ट्रिय स्तरमा कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा निवारण भएको घोषणा गरिए पनि अहिले बर्सेनि २ हजार ५ सयको सङ्ख्यामा नयाँ बिरामीहरु थपिने गरेको तथ्याङ्क छ। अहिले नेपालका १६ वटा जिल्ला कुष्ठरोग मुक्त हुन नै बाँकी रहेको छ। झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम कुष्ठरोग मुक्त हुन बाँकी रहेका छन् । कुष्ठरोग सरुवा रोग हो । तर समयमै उपचार गरे पूर्ण रुपमा निको हुन्छ । डाक्टरका अनुसार उपचार गरेका बिरामीबाट यो रोग अर्कोमा सर्दैन । स्वास्थ्य सेवा विभागका कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्...
कालोसूचीमा परे १२ कम्पनी

कालोसूचीमा परे १२ कम्पनी

Breaking news 2, समाचार
१५ माघ, काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।भागेश्वर गाउँपालिका २, डडेलधुराका जगत बहादुर जोरा नेतृत्वको राष्ट्र सेवा निर्माण सेवालाई तीन वर्ष र अन्यलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।कालोसूचीमा राखिएकाहरुमा गोपाल ढकाल नेतृत्वको युनिभर्सल मल्टी सर्भिस प्रालि काठमाडौं, कुमार भण्डारी नेतृत्वको स्वर्गद्वारी महाप्रभु बिल्डर्स प्रालि प्युठान, कृष्णबहादुर खड्का नेतृत्वको सुक्रिक निर्माण सेवा दाङ, निरज कुमार मिश्र नेतृत्वको एसडी कन्स्ट्रक्सन जनकपुर र जनार्धन धिताल नेतृत्वको मुक्तिनाथ बिल्डर्स एण्ड कम्पनी, काठमाडौं छन् । यसैगरी रामबहादुर राना नेतृत्वको लक्ष्मी निर्माण सेवा अर्घाखाँची, प्रकाश कोइराला नेतृत्वको जलेश्वर निर्माण सेवा धादिङ, माधब घिमिरे नेतृत्वको डिभी घिमिरे कन्स्ट...
रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाने

रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाने

Breaking news 1, समाचार
१५ माघ, काठमाडौं । अनागरिक रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् ।‘उहाँ आज विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जानुहुन्छ भन्ने खबर आएको छ,’ गृह स्रोतले भन्यो, ‘प्रशासनबाट उहाँको हकमा नियमित प्रक्रियाबाट दिने हो कि कुनै कानूनी राय आवश्यक पर्छ भन्ने जिज्ञासा आएको थियो । आदेशमा नागरिकता लिने प्रक्रियाबारे थप केही नबोलेकाले नियमित प्रक्रियाबाट दिदा फरक पर्दैन भनेर समन्वय भएको छ ।’ जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै थप कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्ने नपर्नेवारे जिज्ञासा राखेको थियो ।प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्...
वार्षिकोत्सवको अवसरमा अविभावकको निशुल्क आँखा परिक्षण

वार्षिकोत्सवको अवसरमा अविभावकको निशुल्क आँखा परिक्षण

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
बुटवल । तिलोत्तमा २ मा रहेको शंकरनगर दुर्गादत्त माध्यामिक विद्यालयले शुक्रबार निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । विद्यालयको ५८ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार निशुल्क आँखा शिविर संचालन गरिएको हो । बिहिवारबाट सप्ताहव्यापी रूपमा सुरू भएको कार्यक्रम अन्र्तगत करिब ४०० जना अविभावकहरूको निशुल्क आँखा परिक्षण गरिएको हो । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको सहयोगमा निशुल्क आँखा परिक्षण गरिएको हो । विद्यालयले निशुल्क आखां परिक्षण शिविर आयोजना गरि आफनो आँखा जाच गराउन पाउदा अविभावक खुसि भएका छन।त्यसै गरि विविध खेलकुद कार्यक्रम अन्तर्गत शुक्रबार छात्र छात्रा फुटवल ,भलिबल , रिले दौड, स्किपिङ लगाएतका खेलहरू सम्पन्न भएका छन् । विद्यालयले बिहिवार बृहत् रयाली गरि सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रमको शुभ...
एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

Breaking news 1, समाचार
६ माघ, काठमाडौं । गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । फरार प्रतिवादी संसदमा उपस्थित भएको विषयमा प्रश्न उठेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पक्राउ गर्न निर्देशन दिएका थिए । तर कोइरी पक्राउ परेका छैनन् ।बिहीबार सभामुखको निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कोइरी बैठकमा उपस्थित भएको नभएको निक्र्यौल गर्न माग गरेका थिए ।शुक्रबार गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै उपप्रधान तथा गृहमन्त्रीले पटकपटक दिएको मौखिक निर्देशन कार्यान्वयन नभएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनको विज्ञप्तिमा भनिएको छ, ‘निज प्रतिवादीलाई कानुन बमोजिम पक्रा...
वार्षिकोत्सवको अवसरमा अविभावकको निशुल्क आँखा परिक्षण

वार्षिकोत्सवको अवसरमा अविभावकको निशुल्क आँखा परिक्षण

Breaking news 2, समाचार, स्थानीय
बुटवल । तिलोत्तमा २ मा रहेको शंकरनगर दुर्गादत्त माध्यामिक विद्यालयले शुक्रबार निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । विद्यालयको ५८ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार निशुल्क आँखा शिविर संचालन गरिएको हो । बिहिवारबाट सप्ताहव्यापी रूपमा सुरू भएको कार्यक्रम अन्र्तगत करिब ४०० जना अविभावकहरूको निशुल्क आँखा परिक्षण गरिएको हो । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको सहयोगमा निशुल्क आँखा परिक्षण गरिएको हो । विद्यालयले निशुल्क आखां परिक्षण शिविर आयोजना गरि आफनो आँखा जाच गराउन पाउदा अविभावक खुसि भएका छन।त्यसै गरि विविध खेलकुद कार्यक्रम अन्तर्गत शुक्रबार छात्र छात्रा फुटवल ,भलिबल , रिले दौड, स्किपिङ लगाएतका खेलहरू सम्पन्न भएका छन् । विद्यालयले बिहिवार बृहत् रयाली गरि सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रमको शुभ...
यती एयर विमान दुर्घटना : आज पनि बिहानैदेखि उद्धार सुरु

यती एयर विमान दुर्घटना : आज पनि बिहानैदेखि उद्धार सुरु

Breaking news 2, समाचार
२ माघ, काठमाडौं । पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनाको आज पनि बिहानैदेखि उद्धार तथा बेपत्ताको खोजी कार्य सुरु भएको छ ।सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धार कार्यमा लागेको छ ।आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन-एन एएनसी एटीआर ७२-५०० विमान अवतरणअघि दुर्घटना भएको थियो । विमानमा चालक दलका चार जना सदस्यसहित ७२ जना सवार रहेकोमा आइतबार साँझसम्म ६८ जनाको मृत्यु  भएको पुष्टि भएको छ भने अन्य बेपत्ता छन् ।दुर्घटना स्थलमा केही शव जस्तो देखिए पनि भौगोलिक कठिनाइका कारण निकाल्न नसकिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताए । आइतबार मृत्यु भई सनाखतसमेत भएका शवलाई भने आज प्रक्रिया पूरा गरेर आफन्तको जिम्मा लगाउन लागिएको उनले बताए । ...
गठबन्धनले जित्नु भनेको देशले हार्नु हो प्रदिप कुमार ज्ञवाली

गठबन्धनले जित्नु भनेको देशले हार्नु हो प्रदिप कुमार ज्ञवाली

ताजा अपडेट, समाचार, स्थानीय
कृष्ण अन्जान गुल्मी प्रतिनिधि सभाका लागि गुल्मी क्षेत्र न १ का उम्मेदवार प्रदिप कुमार ज्ञवालीले यो निर्वाचन गठबन्धनले जित्नु भनेको देशले हार्नु हो भन्नु भएको छ । जिल्लाको कालीगण्डकी गाउँ पालिकाका विभिन्न वडाहरुमा स्थानीय जनसमुदाय सँग छलफल अन्तरकृया र भेटघाट कार्यक्रममा आफ्ना विचार राख्दै नेकपा एमालेका केन्द्रीय उपमहासचिव समेत रहेका ज्ञवालीले पछिल्ल सोह्र महिनाले पुष्टि गरेको छ कि गठबन्धन मात्रले देशका लागि कुनै राम्रो काम भन्दा अस्थिरता , अस्तव्यस्तता ,अनिश्चितता तिर मुलुकलाई धकेलेको बताउनु भयो । महँगी अनियन्त्रित छ ,विकासका कामहरु ठप्प छन ,एमाले सरकारका पालामा शुरु गरिएका विकास आयोजनाहरुका बजेट काटिएर अलपत्र पारिएको छ ज्ञवालीले भन्नु भयो । एमालेको सरकार हुँदा हरेक दिन पाँच किलोमिटर सडक कालोपत्रे गरिएको ,दैनिक एक दर्जन भवन निर्माण गरिएको ,हरेक दिन कम्तिमा एउटा झोलुँगे पुल निर्माण...