लामो दुरीका गाडीलाई काठमाडौंबाट बाहिरिन आज पनि रोक, टिकटको पैसा फिर्ता


काठमाडौं
काठमाडौंबाट लामो दुरीका गाडीहरुलाई गन्तव्यमा जान आज बिहानसम्म पनि रोक लगाइएको छ ।

काठमाडौं उपत्यकाको अवस्था सामान्य रहे पनि उपत्यका बाहिर जाने सडक अझै सामान्य भइनसकेकाले लामो दुरीका गाडी सञ्चालनमा रोक लगाइएको हो । यातायात व्यवसायीहरुलाई तत्काल टिकट बुकिङ गर्नसमेत रोक लगाइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले काठमाडौंका सबै नाकाबाट लामो दुरीका गाडी आज नपठाइएको जानकारी दिए । ‘काठमाडौंबाट अति आवश्यक बाहेकका कुनै पनि गाडीलाई आज बिहानसम्म बाहिर जान दिइएको छैन र काठमाडौं भित्रिएका पनि छैनन्,’ एसपी सुवेदीले भने ।
बसको टिकट काटेकाहरुलाई पनि पैसा फिर्ता गराइएको एसपी सुवेदीले जानकारी दिए । ‘जजसले बस टिकट काटेका थिए, उनीहरुको पैसा काउन्टरहरुबाट फिर्ता गराइएको छ र थप बुकिङ नगर्न भनिएको छ,’ सुवेदीले भने, ‘सडक यातायात सहज भएपछिमात्र टिकट काट्न सुरु गर्न भनेका छौं ।’
वर्षा, बाढी र पहिरोका कारण सरकारले असोज १८, १९ र २० गतेसम्म सवारी साधनमार्फत् काठमाडौं उपत्यका आउजाउ गर्न रोक लगाउे निर्णय गरेको थियो ।

छुटाउनुभयो कि ?

हरेक वर्षको साउन १ गते मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गर्ने तयारी

हरेक वर्षको साउन १ गते मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गर्ने तयारी

काठमाण्डौ - नेपाल राष्ट्र बैंकले अब हरेक आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते अनिवार्य रूपमा मौद्रिक नीति ल्याउनुपर्ने ...
भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो

भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो

काठमाण्डौ —  काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो–२०२६ शुरु हुँदैछ । १८औँ संस्करणको नाडा अटो शोमा यसपटक अटोमो...
पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँ...
विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

काठमाडौँ२०७८ देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आम्दानी गर्न थालेको छ । त्यसअघिका वर्षमा आयात मात्र गर्दै आएको नेपालले...