प्रधानमन्त्रीबाट पाणिनि तपोभूमि सम्मेलन उद्घाटन


अर्घाखाँची

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि तपोभूूमि सम्मेलनको आज उद्घाटन गरेका छन्। 

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीतिनिर्मातालगायतको उपस्थिति रहेको छ। कार्यक्रम लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा भएको हो।

विश्वको प्राचीन संस्कृत भाषाको व्याकरणको उत्पत्ति भएको ऐतिहासिक पुण्य र तपोभूमि पाणिनिलाई विश्वसामु चिनाउन ‘पाणिनि तपोभूमि सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपाली काँग्रेसका नेताद्वय डा चन्द्र भण्डारी र पुष्पा भुसाल, प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेलगायतको उपस्थिति रहेको छ।

अर्घाखाँचीको पणेना (हालको पाणिनि गाउँपालिका) मा सिद्धेश्वर दह नजिकै पाणिनि ऋषिले २८ दिनसम्म कठोर तपस्या गरेका थिए। पहिले सागपात, पछि जल र अन्तमा वायु मात्र सेवन गरेर गरेको तपस्याले महादेव प्रसन्न भई ताण्डव नृत्यका क्रममा डमरुको तालमा १४ माहेश्वर सूत्रहरू प्रदान गरेको किवंदन्ती रहेको छ।

सम्मेलनलाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महर्षि पाणिनिलाई श्रद्धा र सम्मान गर्दै पाणिनि क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यान जाने बताए।

प्रधानमन्त्री ओलीले उक्त स्थललाई धार्मिक र पर्यटकीय स्थलका रुपमा विकाससित गर्न सरकार तत्पर रहेको बताउदै विश्वको प्राचीन संस्कृत भाषा व्याकरणको उत्पत्ति भएको ऐतिहासिक पुण्य र तपोभूमि पाणिनिलाई विश्वसामु चिनाउन सरकारले योजनाबद्ध कार्यक्रम अगाडी बढाउने बताए।  

छुटाउनुभयो कि ?

राजनीतिक सहिष्णुता

राजनीतिक सहिष्णुता

नारायण ज्ञवालीराजनीति समाजको ऐना हो भनिन्छ । समाज जति सभ्य, सहिष्णु र परिपक्व हुन्छ, राजनीति पनि त्यत्तिकै उत्तरदायी र सन्तुल...
माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...