ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक छैनः प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको जनाएका छन् । नागरिक एप मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उनको भनाइ छ । 

 सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको समेत उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् । ‘यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ’, ओलीको भनाइ छ । 

आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने उनले जानकारी दिए । 

यस्तै नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको ओलीको भनाइ छ । ‘कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौँ’, उनको भनाइ छ, ‘राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ।’ 

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...