नवदुर्गा मन्दिर बुटवलमा खुडासहित सांसद घिमिरे र नगर प्रमुख पाण्डेय


बुटवल

विजयादशमीको अन्तिम दिन बिहीबार कोजाग्रत पूर्णिमाको अवसरमा बुटवलको देवीनगरमा सराय नाच प्रदर्शन गरिएको छ । सो कार्यक्रममा संघीय सांसद बासुदेव घिमिरे, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय लगायतका नेता कार्यकर्तासमेत सहभागी भएका थिए । 

नवदुर्गा मन्दिर समिति बुटवल-११ देवीनगरले दुर्गा भवानीको पूजा आराधनासंगै सरायनाँच कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा सांसद घिमिरे र नगर प्रमुख पाण्डेय समेत हातमा खुडा लिएर सराय नाचमा सहभागी भएका थिए । दशैपछि पहाडी तथा शहरका विभिन्न ठाउँका दुर्गा मन्दिरहरुमा सराय नाँच निकाल्ने प्रचलन रहेको छ । असत्य माथि सत्यको विजयका रुपमा मनाउने वडा दशै पर्व लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची तथा रुपन्देहीलगायतका विभिन्न जिल्लाहरुमा भव्यरुपमा मनाउने गरिन्छ ।

लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको प्राङ्गगणबाट सुरु भएको मौलिक सरायनाँच देवीनगरको चौपारीसम्म दर्शकहरु स्वतस्फुर्तरुपमा खुडा नचाउँदै र नाँच्दै सहभागी भएका थिए । सरायनाँच हेर्न सयौको संख्यामा अवलोकनकर्ताहरुको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...