नवदुर्गा मन्दिर बुटवलमा खुडासहित सांसद घिमिरे र नगर प्रमुख पाण्डेय


बुटवल

विजयादशमीको अन्तिम दिन बिहीबार कोजाग्रत पूर्णिमाको अवसरमा बुटवलको देवीनगरमा सराय नाच प्रदर्शन गरिएको छ । सो कार्यक्रममा संघीय सांसद बासुदेव घिमिरे, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय लगायतका नेता कार्यकर्तासमेत सहभागी भएका थिए । 

नवदुर्गा मन्दिर समिति बुटवल-११ देवीनगरले दुर्गा भवानीको पूजा आराधनासंगै सरायनाँच कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा सांसद घिमिरे र नगर प्रमुख पाण्डेय समेत हातमा खुडा लिएर सराय नाचमा सहभागी भएका थिए । दशैपछि पहाडी तथा शहरका विभिन्न ठाउँका दुर्गा मन्दिरहरुमा सराय नाँच निकाल्ने प्रचलन रहेको छ । असत्य माथि सत्यको विजयका रुपमा मनाउने वडा दशै पर्व लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची तथा रुपन्देहीलगायतका विभिन्न जिल्लाहरुमा भव्यरुपमा मनाउने गरिन्छ ।

लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको प्राङ्गगणबाट सुरु भएको मौलिक सरायनाँच देवीनगरको चौपारीसम्म दर्शकहरु स्वतस्फुर्तरुपमा खुडा नचाउँदै र नाँच्दै सहभागी भएका थिए । सरायनाँच हेर्न सयौको संख्यामा अवलोकनकर्ताहरुको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...