बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी


ढाका । बंगलादेशको एक विशेष अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । शेख हसिनालाई जुलाईदेखि अगस्टमा देशमा भएका अपराधमा संलग्न भएको आरोप छ।

इन्टरनेशनल क्रिमिनल ट्रिब्युनल (आईसीटी) ले शेख हसिना र ओबैदुल कादरसहित ४६ जनाविरुद्ध दुई छुट्टाछुट्टै निवेदनको सन्दर्भमा पक्राउ पुर्जी जारी गरेको हो। उनलाई नोभेम्बर १८ अघि न्यायाधिकरणमा उपस्थित हुन आदेश दिइएको छ ।

आईसीटीले एउटा मुद्दामा शेख हसिनालाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो भने अर्को निवेदनमा अवामी लिगका महासचिव ओबैदुल कादरसहित ४५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। जसमा लेखक तथा शिक्षाविद् प्रोफेसर जफर इकबाल र पूर्व न्यायाधीश शमसुद्दीन चौधरी माणिक रहेका छन् ।

बिहीबार न्यायाधिकरणका अध्यक्ष मो. गुलाम मुर्तजाको अध्यक्षताको इजलासले यस्तो आदेश दिएको हो । पछि न्यायाधिकरणका प्रमुख सरकारी वकिल ताजुल इस्लामले पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् ।

अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण त्यही न्यायाधिकरण हो जसमा सन् १९७१ को मुक्ति संग्राममा मानवीय अपराधको सुनुवाइ भएको थियो। विद्यार्थी आन्दोलन र आन्दोलनका कारण गत अगस्ट ५ मा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेर भारत आइन् । त्यसयता उनी भारतमै बस्दै आएकी छिन् ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...