बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी


ढाका । बंगलादेशको एक विशेष अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । शेख हसिनालाई जुलाईदेखि अगस्टमा देशमा भएका अपराधमा संलग्न भएको आरोप छ।

इन्टरनेशनल क्रिमिनल ट्रिब्युनल (आईसीटी) ले शेख हसिना र ओबैदुल कादरसहित ४६ जनाविरुद्ध दुई छुट्टाछुट्टै निवेदनको सन्दर्भमा पक्राउ पुर्जी जारी गरेको हो। उनलाई नोभेम्बर १८ अघि न्यायाधिकरणमा उपस्थित हुन आदेश दिइएको छ ।

आईसीटीले एउटा मुद्दामा शेख हसिनालाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो भने अर्को निवेदनमा अवामी लिगका महासचिव ओबैदुल कादरसहित ४५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। जसमा लेखक तथा शिक्षाविद् प्रोफेसर जफर इकबाल र पूर्व न्यायाधीश शमसुद्दीन चौधरी माणिक रहेका छन् ।

बिहीबार न्यायाधिकरणका अध्यक्ष मो. गुलाम मुर्तजाको अध्यक्षताको इजलासले यस्तो आदेश दिएको हो । पछि न्यायाधिकरणका प्रमुख सरकारी वकिल ताजुल इस्लामले पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् ।

अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण त्यही न्यायाधिकरण हो जसमा सन् १९७१ को मुक्ति संग्राममा मानवीय अपराधको सुनुवाइ भएको थियो। विद्यार्थी आन्दोलन र आन्दोलनका कारण गत अगस्ट ५ मा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेर भारत आइन् । त्यसयता उनी भारतमै बस्दै आएकी छिन् ।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...