बुटवल जितगढीमा भव्यरुपमा मनाईयाे सरायनाच


बुटवल

असत्यमाथि सत्यले विजय गरेको पर्वका रूपमा मानिने विजयादशमीको अवसरमा बुटवलको जितगढी दुर्गा मन्दिर परिसरमा , बुधबार सरायनाच सम्पन्न भएको छ। कार्यक्रम जितगढी व्यवस्थापन समितिको आयोजना तथा नेपाली सेनाको सह आयोजनामा दर्जनौं संघ संस्थाको सहभागितामा सम्पन्न भएको हो। याे पर्वलाई नेपाली लोक संस्कृतिको विशिष्ट पहिचानका रुपमा मान्ने गरिएको छ। पर्वका दिन मन्दिर भित्रका खुकुरी, तरबार ,खुडा,खड्ग र लठ्ठी आदि हतियार हातमा लिएर नचाउँदै ,लडाउँदै बाजाका तालमा नाच्दै देखाइने यस पर्वमा गरिन्छ ।

नेपाली बृहत शब्दकोशले अर्घाखाँची जिल्लाबाट सुरु गरिएको र क्रमश गुल्मी ,प्युठान र पाल्पामा मनाइने गरिएको पाइन्छ। आजभोलि यी स्थानहरूबाट बसाइसरी देशका विभिन्न सहरहरूमा आउने क्रम सँगै देशका अधिकांश स्थानमा मनाउन थालेको पाइन्छ।

नाचगानमै महत्व दिएको उक्त सरायनाच कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने ,लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ, नेपाली सेनाका महासेनानी , नेपाली सेना मध्य बाहिनीपति पुरुषोत्तम खड्का ,नेपाली सेना मध्यपश्चिम गणपति सुवर्ण खड्का, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे,रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल ,पर्यटन मन्त्रालयका निमित्त सचिव रमेश गौतम ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विज्ञान टेकराज पन्थी लगायत सुरक्षा निकायका पदाधिकारी ,समाजसेवी, बुद्धिजीवी ,विभिन्न संघसंस्थाका पदाधिकारी, प्रतिनिधिहरु ले नाचगान प्रदर्शन गरी कार्यक्रम अत्यन्त महत्वका साथ मनाइएको छ ।

नेपालले अंग्रेजलाई हराएर जित हासिल गरेको स्थान भएकाले उक्त स्थान छनाेट गरेकाे जितगढि सरायं व्यवस्थापन समितिका अध्यक्ष खिम बहादुर थापाले वताए । नेपाल र नेपालीका लागि महत्वपूर्ण स्थान जितगढीमा सरायनाच जस्तो पर्व विजय उत्सवका रुपमा मनाइएकोले नेपाली सेनाले सहभागिता जनाएको छ ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...