उद्योगहरुको काटिएको लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगको लाइन जोड्ने निर्णय गरेको छ । विद्युत् नियमन आयोगबाट आइतबार साँझ लिखित निर्देशन आएपछि प्राधिकरण सञ्चालक समिति बैठकले लाइन काटिएका उद्योगमा विद्युत् जोड्ने निर्णय गरेको हो । नियमन आयोगले २०८० मा जारी निर्देशिकालाई देखाउँदै विद्युत् जोड्न निर्देशन दिएको थियो । ‘विद्युत् उपभोक्ता हित संरक्षण सम्बन्धी निर्देशिका, २०८०’को दफा १३ को उपदफा १० मा यो व्यवस्था रहेको आयोगले बताएको छ । यही बमोजिम लाइन तत्काल जोड्न निर्देशन दिएको थियो ।आयोगबाट निर्देशन आएपछि प्राधिकरणको सोमबार बसेको सञ्चालक समितिका सबैजसो सदस्य उद्योगको लाइन जोड्न सहमत बनेका हुन् । ‘सञ्चालक समितिका सबैजसो सदस्य उद्योगको लाइन जोड्न सहमत बन्नुभएको छ,’ एक जना सञ्चालक समिति सदस्यले रातोपाटीसँग भने, ‘अब आवश्यक प्रक्रिया पुर्‍याएर उद्योगको लाइन जोडिन्छ ।’प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता विवादपछि धमाधम उद्योगहरूको लाइन काट्दै आएको थियो । लामो समयदेखि उद्योग र प्राधिकरणको विवाद नयाँ सरकार गठनपछि नयाँ मोड लिँदै गइरहेको छ । सरकारले प्राधिकरण र नेतृत्व घिसिङलाई पेल्ने नीति अवलम्बन गर्दै आइरहेको छ ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...