साउनमा ७० हजारभन्दा धेरै नेपाली वैदेशिक रोजगारीमा गए


काठमाण्डौ — चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या ७० हजारभन्दा धेरै रहेको छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनमा नयाँ र पुनः श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ७० हजार ४४१ जना रहेको छ । अघिल्लो वर्ष साउनमा ६८ हजार ११० जना विदेश गएका थिए ।

यस्तै, चालु आर्थिक वर्षमा श्रमस्वीकृति लिने महिलाको संख्या पनि गएको वर्षको साउनको तुलनामा केही बढेको छ । विभागका अनुसार गएको वर्षको साउनमा ९ हजार १६२ महिला रोजगारीका लागि विदेश गएका थिए । यो वर्षको साउनमा ९ हजार ९६९ जना छ ।

समग्रमा नै पोहोरको साउनको तुलनामा यस वर्ष साउनमा वैदेशिक रोजगारीमा जानेको संख्या धेरै देखिन्छ । विभागले पछिल्लो समय श्रम गन्तव्यबाट माग बढी आएका कारण वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिनेको संख्या बढेको जनाएको छ ।

पछिल्लो समय स्वदेशमा रोजगारीको सम्भावना कम हुँदै गएपछि वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दै गइरहेको हो । विदेश जानेको समग्र संख्या बढ्दा विदेशबाट आउने रेमिट्यान्स २२ खर्ब रुपैयाँभन्दा धेरै पुगेको छ ।

छुटाउनुभयो कि ?

नेपाल र भारतबिच भएका ८ वटा समझदारी

नेपाल र भारतबिच भएका ८ वटा समझदारी

काठमाडौँप्रधानमन्त्री बालेनको भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतबिच आठ वटा महत्त्वपूर्ण क्षेत्रमा सहकार्य गर्नेसम्बन्ध...
महानिरीक्षक केसी अनुपस्थित भएपछि दानबहादुर कार्कीको रिटमा सुनुवाई हुन सकेन

महानिरीक्षक केसी अनुपस्थित भएपछि दानबहादुर कार्कीको रिटमा सुनुवाई हुन सकेन

काठमाडौँप्रहरी महानिरीक्षक डा. मनोज केसीले म्याद नबुझेका कारण दानबहादुर कार्कीले दिएको रिटमा अन्तरिम आदेश दिने कि नदिने भन्ने...
निजी क्षेत्रका साढे १६ हजार मेगावाट आयोजना अन्योलमा

निजी क्षेत्रका साढे १६ हजार मेगावाट आयोजना अन्योलमा

काठमाडौँसरकारले विद्युत् उत्पादन बढाउने लक्ष्यसहित सरकारी स्वामित्वका करिब एक हजार मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद–बि...
प्रधानमन्त्री बालेन र मोदीबीच आज वार्ता हुंदै, रेलसेवा उद्घाटनदेखि विभिन्न सम्झौताको तयारी

प्रधानमन्त्री बालेन र मोदीबीच आज वार्ता हुंदै, रेलसेवा उद्घाटनदेखि विभिन्न सम्झौताको तयारी

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमण...