विश्वकप फुटबल: इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार ‘कमब्याक’



काठमाडौँ
अमेरिका, मेक्सिको र क्यानडामा जारी विश्वकप फुटबलमा अर्जेन्टिनाले इजिप्टविरुद्ध अन्तिम १६ को खेलमा शानदार ‘कमब्याक’ जित हात पारेको छ।

७८ मिनेटसम्म २–० ले पछाडि परेको अवस्थाबाट पुनरागमन गरेको अर्जेन्टिनाले ३–२ को जित हात पारेको हो। यसअघि १५औँ मिनेटमै यासिर इब्राहिमले इजिप्टलाई १–०को अग्रता दिलाएका थिए। ६७औँ मिनेटमा मोस्ताफा जिकोले अर्को गोल थपेपछि चर्चित खेलाडी लियोनल मेसीप्रेरित अर्जेन्टिना जारी विश्वकपबाट बाहिरिने पक्का भएको थियो।

तर ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोको गोलसँगै अर्जेन्टिना खेलमा फर्कियो। २–१ ले पछि परिरहँदा मेसीले ८३औँ मिनेटमा खेल बराबरीमा ल्याए भने ९३औँ मिनेटमा एन्जो फर्नान्डेजले अर्जेन्टिनाको जित सुनिश्चित गरे।

योसँगै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ। यो खेलमा मेसीले पेनाल्टीमा गोल भने गर्न सकेका थिएनन्। ९० मिनेटपछि थप ७ मिनेट अतिरिक्त दिइएको थियो।

छुटाउनुभयो कि ?

चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...
सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...