कान्ति मावि बुटवलको नतिजा प्रकाशन सम्पन्न: थप उत्कृष्ट वनाउने योजना रहेको प्राचार्य ज्ञवालीको भनाइ


बुटवल
बुटवलको कान्ति माध्यमिक विद्यालयले शैक्षिक शत्र २०८२को नर्सरीदेखि ९ कक्षाको वार्षिक नतिजा प्रकाशन कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन प्रसाद वझाको अध्यक्षतामा शुक्रबार सम्पन्न नतिजा प्रकाशन कार्यक्रममा वोल्दै प्राचार्य गोविन्द ज्ञवालीले विद्यालयको समग्रमा नतिजा राम्रो रहेको र विद्यालय,अविभावक र विद्यार्थीको मेहनतले थप उत्कृष्ट हुनेमा विश्वस्त रहेको बताए।
प्राचार्य ज्ञवालीले प्रथम , द्वितीय , तृतीय मात्र नभएर जिपिएका आधारमा धेरै विद्यार्थी हरूलाई पुरस्कृत गरिएको वताए। उनले अध्ययनसंगै अतिरिक्त कृयाकलापमा दक्ष विद्यार्थीहरूलाई पनी प्रोत्साहन गरिने धारणा राखेका थिए।
ज्ञवालीले कान्ति माध्यमिक विद्यालय देशभरका विद्यालयहरूको मुल्यांकनमा प्राय अग्रभागमा आउने गरेको जानकारी दिए।

विद्यालयले कक्षा नर्सरीदेखि ९ सम्मको नतिजामा कक्षा नर्सरीमा २७ जना ४ जिपिए , केजीमा ३२जना,एकमा ४६जना , दुईमा ४७जना, तीनमा १९जना,चारमा १०जना, पाँचमा २९ जना,छमा १९ जना,सातमा १० जना,आठमा २९ जना र कक्षा नौमा करिब ४ जिपिए सहित ११ जना विद्यार्थी सहित उत्कृष्ट नतिजा हासिल गरेको छ।
विद्यालयले ३ सय ७२जना विद्यार्थीलाई पुरस्कृत गरेको छ।

कार्यक्रममा वोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन प्रसाद वझाले विद्यालय परिवार, विद्यार्थी र अभिभावकको सम्वन्वयका कारण नतिजा राम्रो आएको र थप सफलता हासिल गर्न सवै लाग्नु पर्ने धारणा राखेका थिए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु रामकृष्ण शर्मा,कमला जिसी, मित्र गिरी, सहप्राचार्य केदारनाथ ज्ञवाली, प्राथमिक तह संयोजक शिक्षिका कमला खनाललगायतले पुरस्कार वितरण गरि विद्यार्थीको हौसला बढाएको कार्यक्रमको सञ्चालन शिक्षक महेश खनालले गरेका थिए।

छुटाउनुभयो कि ?

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...