लुम्बिनी प्रदेशका ३ उपमहानगरले पाए प्रमुख कार्यकारी, बुटवलमा दीपक ज्ञवाली


बुटवल
प्रमुख प्रशासकीय अधिकृत विहीन रहेका लुम्बिनी प्रदेशका ३ उपमहानगरले नयाँ प्रमुख कार्यकारी अधिकृत पाएको छ । सरकारले लुम्बिनी प्रदेशका बुटवल उपमहानगर सहित घोराही र तुलसीपुर उपमहानगरपालिकामा प्रमुख कार्यकारी अधिकृत खटाएको हो ।
सरकारले बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा दीपक ज्ञवालीलाई पठाएको छ। ज्ञवाली यस अघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)मा सह-सचिव थिए ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका दाङको प्रमुख प्रशासकीय अधिकृतमा सामान्यमै अतिरिक्त समूहमा रहेका टेक नारायण पौडेललाई काजमा खटाएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

यस्तै भने दाङकै घोराही उपमहानगरपालिकामा चन्द्र प्रसाद भुसाललाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा पटाएको छ । उनी पनि अघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)मा सह-सचिव थिए ।

चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले यी ३ वटा उपमहानगरपालिका बाहेक जनकपुर उपमहानगरपालिका सहित प्रधानमन्त्री कार्यालय र सहरी विकास मन्त्रालयका लागि ६ जना सहसचिवको सरुवा तथा काजमा खटाउने निर्णय गरेको हो ।

छुटाउनुभयो कि ?

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...