११४ दलहरुलाई चुनाव चिन्ह प्रदान, कसकाे चुनाब चिन्ह के?


काठमाडौँ
निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुलाई चुनाव चिह्न वितरण गरेको छ ।
आइतबार आयोगले चुनावमा भाग लिन दर्ता भएका ११४ दललाई एकल र संयुक्त चुनाव चिह्न प्रदान गरेको हो । आयोगमा हाल १४३ दलको दर्ता कायम रहेपनि निर्वाचनमा ११४ दलले भाग लिने जनाएको छ ।
आयोगका अनुसार यसपटक निर्वाचनमा १०७ चुनाव चिह्न प्रयोग हुनेछ । जसमध्ये १०२ दलले एक्ला एक्लै चुनावमा भाग लिने छन् भने १२ दलले ५ समूह बनाएर संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने छन् ।
निर्वाचनका लागि १२० निवेदन परेकोमा १३ वटा खारेज भएको आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार समानुपातिक तर्फको निर्वाचन कार्यक्रम आज बिहान १० बजेदेखि मङ्सिर २३ गतेसम्म दिउसो ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले दल दर्ताको आवेदन दिने समय तोकिएको छ ।

त्यस्तै समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची मङ्सिर २४ गते प्रकाशित हुने आयोगले जनाएको छ ।

समानुपातिकका लागि आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि दिउसो ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समय तोकिएको छ । यस्तै, आगामी माघ २० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

त्यसैगरी प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुने, सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम आयोगले तय गरेको छ । त्यस्तै माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय भएको आयोगले जानकारी दिएको छ ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था रहेको छ ।

हेर्नुहाेस कसकाे चुनाब चिन्ह के छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

काठमाडौंरसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम...