समानुपातिक निर्वाचन प्रक्रिया शुरु: आजदेखि दल दर्ताको आवेदन खुल्ने


काठमाडौं
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन प्रक्रिया शुरु भएको छ ।
निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि मङ्सिर २३ गतेसम्म दिउसो ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले दल दर्ताको आवेदन दिने समय तोकिएको छ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची मङ्सिर २४ गते प्रकाशित हुने आयोगले जनाएको छ ।
समानुपातिकका लागि आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि दिउसो ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समय तोकिएको छ । यस्तै, आगामी माघ २० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था रहेको छ ।

त्यस्तै प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुने, सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम आयोगले तय गरेको छ । त्यस्तै माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय भएको आयोगले जानकारी दिएको छ ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...