नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी


बुटवल

बर्दियामा नागरिकता नपाएर एकै परिवारका बाबु–छोरीले आत्महत्या गरेको घटनाप्रति प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक रूपमा माफी मागेकी छन्।
शनिबार उनले सामाजिक सञ्जालमार्फत माफी माग्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई घटनाको तत्काल छानबिन गर्न निर्देशन दिएकी हुन्।
प्रधानमन्त्री कार्कीले लेखेकी छन्, “यदि न्यायिक–प्रशासनिक झमेलाका कारण यस्तो अवस्था आएको हो भने देशको प्रधानमन्त्रीका रूपमा म माफी चाहन्छु।”

घटना के हो ?
बर्दियाको बढैयाताल–४ की २२ वर्षीया अन्जु थारुले लामो समयसम्म नागरिकता नपाएपछि कात्तिक २२ गते आत्महत्या गरिन्।
अदालतले श्रीमानबाट अंश दिलाउने आदेश दिएको भए पनि नागरिकता नभएकै कारण उनले अंश आफ्नो नाममा सार्न सकिनन्। नागरिकता नहुँदा सात वर्षकी छोरीको जन्मदर्ता पनि हुन सकेन। वडाले “बुबाको नागरिकता अनिवार्य हुन्छ” भन्दै जन्मदर्ता रोकेको थियो।

माइतीतिरबाट नागरिकता बनाउन खोज्दा जिल्ला प्रशासनले पनि प्रक्रिया अघि बढाएन। लगातार स्थानीय तह र प्रशासनबाट असहयोग भएपछि निराश भई अन्जुले माइतीमै आत्महत्या गरिन्।

छोरीको मृत्युको आघात सहन नसकेर चार दिनपछि उनका ६१ वर्षीय बाबु कान्छा थारुले पनि आत्महत्या गरे।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...