डेङ्गु संक्रमण बढेपछी गुल्मी मुसिकोटको एक विद्यालयको पठन पाठन बन्द
गुल्मी भदौ २७ ।बिद्यार्थीमा डेङ्गु संक्रमण बढेपछी गुल्मी मुसिकोटको एक विद्यालयको पठन पाठन बन्द गरिएको छ । मुसिकोट नगरपालिका ४ दजाकोटमा रहेको पशुपति निम्न माध्यमिक बिद्यालयको नियमित पठनपाठन बन्द गरिएको छ। बिगत केही दिनदेखी बिधालयमा अध्ययनरत बिद्यार्थीहरुमा उच्च ज्वरो आउने ,वाकवाकी लाग्ने प्रकृतिको लक्षण देखिएको थियो।कुल १३० विद्यार्थीले नियमित अध्ययन गर्दै आएको उक्त बिधालयमा बिहिवार २८ जनामा लक्षण देखिएपछी अनुपस्थित थिए तर शुक्रवार यो संख्या बढेर ४२ पुगेको बिधालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले जानकारी दिनुभएको छ। बिद्यार्थी संक्रमित हुने क्रम बढेपछी बिधालय ब्यबस्थापन समिती ,शिक्षक अभिभावक संघ र मुसिकोट नगरपालिका शिक्षा शाखामा जानकारी गराइएको थियो।
सबैको सहमतिमा १र२ दिनको अवस्था मुल्यांकन गरेर अगाडि बढ्ने विकल्प रोजिएको थियो।तर शुक्रवार साँंझ बिधालयमा कक्षा १ मा अध्ययनरत एक...
