गुल्मीको रेसुंगा विमानस्थलबाट अब हप्तामा तीन उडान हुने


गुल्मी

यात्रुको चाप बढेसँगै गुल्मीको रेसुंगा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ। विगत केही समय यता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुंगा विमानस्थल स्टेसन प्रमुख सुमन थापाले बताए।

नेपाल एयरलाइन्सका जहाज अभाव र मौसम लगायतको कारण सेवा नियमित हुन सकेको थिएन। नेपाल एयरलाइन्सको ट्वविनअटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ। नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुनः सुरु गरेको हो।

रेसुंगादेखि काठमाडौं ७ हजार ८० रुपैयाँ र काठमाडौंदेखि रेसुंगा ७ हजार २ सय ८० रुपैयाँ एयरलाइन्सले भाडादर कायम गरेको छ। मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुन सकेको थिएन। हप्तामा तीन दिन हुने उडानले गुल्मेलीमा कतै उत्साह छाएको छ त कतै नियमित हुने हैन कि भन्ने आशंका समेत बढेको छ।

निगमको १८ सिट क्षमताको जहाजले हप्ताको प्रत्येक बुधबार बिहान साढे ६ :१० बजे काठमाडौंबाट रेसुंगा र बिहान साढे ७ :१५ बजे रेसुंगाबाट काठमाडौंका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ। निगमको १८ सिट क्षमताको जहाजले उडान गरिरहेको छ।

हवाई सेवा वृद्ध, बिरामी, सुत्केरीलगायत नागरिकका लागि सहज बन्दै गएको छ। साथै, हवाई पहुँचसँगै गुल्मीका रेसुंगा, रुरुक्षेत्र, धुर्कोट गुफा, टिमुरे ताल, र मालिका पिस पार्क लगायत जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको आगमन पनि बढेको छ। 

हप्तामा ३ बार उडान हुने भएसँगै गुल्मीवासीलाई यात्रा थप सहजता मिल्ने अपेक्षा समेत गरिएको छ। 

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...