गुल्मीको रेसुंगा विमानस्थलबाट अब हप्तामा तीन उडान हुने


गुल्मी

यात्रुको चाप बढेसँगै गुल्मीको रेसुंगा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ। विगत केही समय यता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुंगा विमानस्थल स्टेसन प्रमुख सुमन थापाले बताए।

नेपाल एयरलाइन्सका जहाज अभाव र मौसम लगायतको कारण सेवा नियमित हुन सकेको थिएन। नेपाल एयरलाइन्सको ट्वविनअटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ। नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुनः सुरु गरेको हो।

रेसुंगादेखि काठमाडौं ७ हजार ८० रुपैयाँ र काठमाडौंदेखि रेसुंगा ७ हजार २ सय ८० रुपैयाँ एयरलाइन्सले भाडादर कायम गरेको छ। मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुन सकेको थिएन। हप्तामा तीन दिन हुने उडानले गुल्मेलीमा कतै उत्साह छाएको छ त कतै नियमित हुने हैन कि भन्ने आशंका समेत बढेको छ।

निगमको १८ सिट क्षमताको जहाजले हप्ताको प्रत्येक बुधबार बिहान साढे ६ :१० बजे काठमाडौंबाट रेसुंगा र बिहान साढे ७ :१५ बजे रेसुंगाबाट काठमाडौंका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ। निगमको १८ सिट क्षमताको जहाजले उडान गरिरहेको छ।

हवाई सेवा वृद्ध, बिरामी, सुत्केरीलगायत नागरिकका लागि सहज बन्दै गएको छ। साथै, हवाई पहुँचसँगै गुल्मीका रेसुंगा, रुरुक्षेत्र, धुर्कोट गुफा, टिमुरे ताल, र मालिका पिस पार्क लगायत जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको आगमन पनि बढेको छ। 

हप्तामा ३ बार उडान हुने भएसँगै गुल्मीवासीलाई यात्रा थप सहजता मिल्ने अपेक्षा समेत गरिएको छ। 

छुटाउनुभयो कि ?

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...
थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...