भारत र पाकिस्तान दुई देशबीच तनाव 


काठमाडौं

भारतले मंगलबार राति पाकिस्तानमा आक्रमण गरेपछि दुई देशबीच तनाव चुलिएको छ । भारतको आक्रमणको जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री सहवाज सरिफले बताएका छन् ।भारतीय रक्षा मन्त्रालयका अनुसार ‘सिन्दूर’नामक यो आक्रमणले पाकिस्तान र पाकिस्तान९कब्जा गरेको जम्मू र कश्मीरमा ‘आतंकवादी पूर्वाधार’ का नौ ठाउँहरूलाई निशाना बनाएको थियो।

भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई निशाना नबनाइएको र आफ्नो कारबाही ‘केन्द्रित, मापन गरिएको र गैर(उत्तेजक’ भएको दाबी गरेको छ।पाकिस्तानी सेनाले भारतले कोटली, मुजफ्फराबाद र बहावलपुर सहित ६ ठाउँमा आक्रमण गरेको र कम्तीमा आठ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा ३ वर्षीय बालक पनि छन् । यस्तै ३५ जना घाइते भएको पाकिस्तानले बताएको छ।

पाकिस्तानी सेनाले सर्वसाधारणका घरहरूलाई निशाना बनाइएको दाबी गरेको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक वक्तव्यमा भने, ‘भारतले थोपरेको यो युद्ध कार्यको जवाफमा पाकिस्तानलाई कडा प्रतिक्रिया दिने पूर्ण अधिकार छ र कडा जवाफ दिइँदैछ।’

पाकिस्तानी सेनाले ‘हवाई र जमिनी’ रूपमा जवाफ दिने बताएको छ। रातभरको आक्रमणपछि, भारतीय सेनाले ‘न्याय भएको’ बताएको छ ।

छुटाउनुभयो कि ?

गठबन्धनको विकल्प खोजिए कांग्रेसलाई फाइदा हुँदैन: गृहमन्त्री

गठबन्धनको विकल्प खोजिए कांग्रेसलाई फाइदा हुँदैन: गृहमन्त्री

काठमाडौँ गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको गठबन्धनको विकल्प खोजिए कांग्रेसलाई फाइदा नहुने बताएका छन् ।मंगलबार कांग्...
प्रकृतिमा फर्कदै नागरिक, आयुर्वेद जडीबुटीको प्रयोग र लोकप्रियता बढ्दो

प्रकृतिमा फर्कदै नागरिक, आयुर्वेद जडीबुटीको प्रयोग र लोकप्रियता बढ्दो

असार १७ बुटवल, एलोपेथिक औषधिको तीव्र विकास र आधुनिक स्वास्थ्य संस्थातर्फ धाउनेको सख्या बढे पनि नागरिकहरू पुनः आफ्नो जरा र ...
एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने रुपन्देहीका सामुदायिक तथा संस्थागत विद्यालयद्वारा विद्यार्थीलाई सम्मान

एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने रुपन्देहीका सामुदायिक तथा संस्थागत विद्यालयद्वारा विद्यार्थीलाई सम्मान

रुपन्देही राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसईई – २०८१ को नतिजाले शैक्षिक क्षेत्रमा रुपन्...
अतिकम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन् : प्रधानमन्त्री

अतिकम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन् : प्रधानमन्त्री

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित देशहरूले अनुदान र सहुलियतपूर्ण वित्तीय सहयोग निष्पक्ष शर्तहरूमा चाह...