संक्रमणकालिन न्याय आयोगका लागि सूची परिमार्जन मानव अधिकारवादी संघसंस्थाको आग्रह


काठमाडौं

मानव अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले अहिलेको सबै प्रक्रिया स्थगित गरी संक्रमणकालिन न्यायका दुई आयोगमा फेरि शुरुदेखि प्रक्रिया थाल्न आग्रह गरेका छन् ।

उनीहरुले मंगलबार एक विज्ञप्ति जारी पदाधिकारी सिफारिस समितिलाई अहिलेको नियन्त्रित र देखावटी प्रक्रियालाई निरन्तरता नदिन भनेका छन् । उनीहरुले पदाधिकारीहरु छनौटका लागि नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् ।

पीडितसँग परामर्श गर्नुपर्ने अनि समितिकै पहलमा अध्यक्ष र सदस्यहरुको थप उम्मेद्वारहरु पहिचान गरेर नयाँ संक्षिप्त सूची सार्वजनिक गर्नुपर्ने भन्दै उनीहरुले छनौट प्रक्रियालाई पारदर्शी बनाउन माग गरेका हुन् । उनीहरुले समयको अभाव भएमा सरकारलाई आग्रह गरेर समय थप्नसकिने भनी ध्यानाकर्षण गराएका हुन् ।

१८ बैशाखमा द्वन्द्वपिडितका संस्थाहरुले संक्रमणकालिन न्यायका दुई आयोगका पदाधिकारी छनौटमा असहमती व्यक्ति गर्दै आफूहरुको भावना विपरितको काम भएमा समानान्तर प्रकृतिको नागरिक आयोग गठन गर्ने चेतावनी दिएका थिए ।

पीडित केन्द्रित नभई संक्रमणकालीन न्यायको प्रक्रिया अवरुद्ध हुने भन्दै उनीहरुले समितिले पछिल्लोपटक प्रकाशित गरेको सूचीलाई ‘निराशाजनक प्रदर्शन’ भनी टिप्पणी गरेका छन् ।

पदाधिकारी छनौटका नाममा पटकपटक एउटै व्यक्तिलाई राखेर सिफारिस समिति गठन भएको, पुरानै ढर्रामा काम अघि बढेको, प्रक्रिया विश्वसनीय र पारदर्शी हुनको साटो कर्मकाण्डी र यान्त्रिक बनेको भन्दै उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘उपयुक्त व्यक्तिको सक्रियतापूर्वक खोजी नगरी दलीय भागबण्डाको आधारमै नाम सिफारिस गर्नेतर्फ अग्रसर हुनु जस्ता कारणले नै छनौट प्रक्रियाप्रति पीडित समुदायको विश्वास र भरोसा टुट्दै गएको हो भन्ने हाम्रो बुझाइ छ ।’

एड्भोकेसी फोरम नेपाल, एमनेष्टी इन्टरनेशनल नेपाल, जवाफदेहिता निगरानी समिति, इन्सेक, जुरी नेपाल लगायतले विज्ञप्तिमार्फत खवरदारी गरेका हुन् ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...