बैंक तथा वित्तीय क्षेत्रको अनुगमन प्रभावकारी बनाउन जरुरी: मुख्यमन्त्री आचार्य


बुटवल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वित्तीय अनुशासन कायम राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्र बैंकको ७०औं वार्षिकोत्सव समारोहको आइतबार रुपन्देहीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बैंक तथा वित्तीय क्षेत्रमा बेलाबखत देखा पर्ने समस्याले उपभोक्तालाई चिन्तित बनाउने भएकाले अनुगमन क्षेत्रलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो । बैंक तथा वित्तीय संस्थाले मुनाफाको केही रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन जोड दिनुभयो ।

`सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने रकम सही ढंगले कार्यान्वयन भएको छ कि छैन, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर आवश्यकताको आधारमा खर्च भएको छ कि छैन, यसबारे ध्यान दिन जरुरी छ´मुख्यमन्त्री आचार्यले भन्नुभयो`आवश्यकताको आधारमा रकम खर्च भएको छ कि, त्यसै खर्च भएको छ भन्ने विषयमा राष्ट्र बैंकले समीक्षा गर्न जरुरी छ ।´ बैंक तथा वित्तीय संस्थाले गुनासो नआउने गरी सेवा प्रवाह गर्नुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिनुभयो । `बैंक तथा वित्तीय संस्थाले लगानी गर्दा एक प्रकारको ब्याजदर निर्धारण गर्ने र पछि ब्याजदरमा वृद्धि गर्ने गरेको गुनासो व्यवसायीहरूको छ । गुनासो नआउने गरी काम गर्न जरुरी छ´उहाँले भन्नुभयो`यस्ता गतिविधिले व्यवसायीहरूमा पीडा पर्ने गरेको छ ।´ प्रदेशको समृद्धि र विकासका लागि वित्तीय क्षेत्रसँग समन्वय गरेर प्रदेश सरकार अघि बढ्न तयार रहेको भनाइ मुख्यमन्त्री आचार्यको छ ।

लुम्बिनी प्रदेशका बैंकहरूको अभिभावकका रूपमा राष्ट्र बैंकको कार्यालय रहेको उल्लेख गर्दै सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । राष्ट्र बैंक बैंकहरूको बैंक भएकाले अनुगमन र नियमनको कामलाई चुस्त बनाउनुपर्ने, बैंकिङ क्षेत्रमा देखा पर्न थालेका चुनौतीहरूको समाधानका लागि राष्ट्र बैंक चनाखो भएर अघि बढ्नुपर्नेमा पनि मुख्यमन्त्री आचार्यले ध्यानाकर्षण गराउनुभएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले नेपाल राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार भएको बताउनुभयो । राष्ट्र बैंकको अध्ययन, अनुसन्धानलाई सरकारले नीति तथा कार्यक्रम तर्जुमा गर्दा आधारका रूपमा लिने गरिएको पनि उहाँले बताउनुभयो । प्रदेश स्तरमा केन्द्रीय बैंकको रूपमा संस्थाको आवश्यकता महसुस गरिएको उहाँको भनाइ छ । कार्यक्रममा बैंक तथा वित्तीय संस्थामा आवद्ध पदाधिकारी, जनप्रतिनिधि लगायत सम्बद्ध पक्षहरूको उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?

बुटवल कोरा २६ को ५ देखी ६० वर्षसम्मका साईकल राईडर सहभागी प्रतियोगिता सम्पन्न

बुटवल कोरा २६ को ५ देखी ६० वर्षसम्मका साईकल राईडर सहभागी प्रतियोगिता सम्पन्न

बुटवलमणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ । बुटवल युनाईटेड साईक्लिङ क्लब र बुटवल साईक्लिङ ग्रुपको आयोजनामा भएको स...
रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन कार्यक्रम सम्पन्न: सामाजिक कार्यमा अग्रसर हुनेमा जोड

रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन कार्यक्रम सम्पन्न: सामाजिक कार्यमा अग्रसर हुनेमा जोड

रुपन्देहीरोटरी क्लब अफ रुपन्देहीको रोटरी वर्ष २०२६/२७ का लागि पदस्थापन तथा जिम्मेवारी हस्तान्तरण सम्पन्न भएको छ । कार्यक्रम त...
आज भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौंजल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन...
आजदेखि बढ्यो कर्मचारीको तलब, शिक्षा, स्वास्थ्य र विद्युतमा थपियो कर

आजदेखि बढ्यो कर्मचारीको तलब, शिक्षा, स्वास्थ्य र विद्युतमा थपियो कर

काठमाडौंमुलुकमा आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ औपचारिक रूपमा सुरु भएको छ। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारको आम्दानी ...