प्रेस सेन्टर रुपन्देही जिल्ला अधिबेशन सम्पन्न,अध्यक्षमा पुन: बिष्णु पोख्रेल


रुपन्देही

 प्रेस सेन्टर नेपाल रुपन्देहीको नयाँ नेतृत्व चयन गरिएको छ । बिहिबार बुटवल स्थित सेन्टरको आफ्नै कार्यालयमा आयोजना गरिएको आठौ अधिवेशनबाट सेन्टरको जिल्ला अध्यक्ष पत्रकार विष्णु पोखरेल चयन भएका हुन् ।पोखरेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

सेन्टरको नवनिर्वाचित उपाध्यक्षमा माया केसी र टंक सुनार, सचिवमा सनु थापा, सह–सचिवमा रिया बस्नेत र कल्पना घिमिरे, तथा कोषाध्यक्षमा भरत पाण्डे रहेका छन् भने कार्यसमिति सदस्यमा जगलाल नेपाली, सुनिता चुदाली, रेशम अधिकारी,नेत्र रुचाल, पार्वती थारू लगायत रहेका छन् ।

सेन्टरको आठौ अधिवेशनले कार्यसमितिको प्रतिवेदन, सांगठनिक प्रतिवेदन तथा  आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै नयाँ कार्य समिति चयन गरेको संगठनका निर्वाचन मण्डलका संयोजक तथा अनुशासन आयोगका केन्द्रिय सचिव गुनाराम घिमिरेले जानकारी दिए । विशेष अधिवेशनमा नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला संयोजक निर्मल जिसी, प्रेस सेन्टरका लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह बिश्वकर्मा, निर्वाचन मण्डलका संयोजक तथा अनुशासन आयोगका केन्द्रिय सचिव गुनाराम घिमिरे, पुर्व अध्यक्ष कमल रायमाझी, जिल्ला इन्चार्ज सरु राना लगायतले बन्दै जनपक्षीय पत्रकारिता गर्नुपर्नेमा जोड दिए । वक्ताहरूले जनपक्षीय पत्रकारिता कमजोर हुँदै गएको उल्लेख गर्दै प्रेस सेन्टरमा आबद्ध पत्रकारले आवाज विहीनको आवाज बनेर जनपक्षीय पत्रकारिता बलियो बनाउनुपर्ने बताए। 

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...