एनपिएलमा आज प्लेअफका दुई खेल, फाइनल पुग्ने टिमको टुंगो लाग्ने


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आजदेखि प्लेअफका खेलहरू हुँदैछ।सोमबार लिग चरणका खेलहरू सकिएपछि मंगलबार ब्रेक राखेर बुधबारदेखि प्लेअफका खेलहरू खेलाउन लागिएको हो।

बिहान ९ बजे इलिमिनेटर खेलाइन्छ।  अंक तालिकाको तेस्रो स्थानमा रहेको चितवन राइनोज् र कर्णाली याक्सबीच इलिमिनेटर खेल हुनेछ।चितवन लिग चरणका सातमध्येर ४ जित र ३ हारसहित ८ अंक जोडेर प्लेअफमा पुगेको थियो।  कर्णालीले पनि सातमध्ये ४ जित र ३ हारसहित समान अंक जोडेको थियो। रनरेटका आधारमा ऊ चौथो स्थानमा पुगेको थियो।

चितवनले लिग चरणमा काठमाडौं, पोखरा, सुदूरपश्चिम र जनकपुरलाई पराजित गरेको थियो भने कर्णाली, लुम्बिनी र विराटनगरसँग पराजित भएको थियो।लिग चरणमा कर्णालीसँग ६ विकेटको हारको बदला लिने मौका चितवनलाई छ।
कर्णाली  लिगको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदा पनि कर्णाली रनरेटमा काठमाडौं गुर्खाजलाई पछि पारेर प्लेअफ पुगेको थियो।

कर्णालीले लिग चरणमा चितवनसँगै विराटनगर, पोखरा र लुम्बिनीलाई पराजित गर्दा सुदूरपश्चिम, काठमाडौं र जनकपुरसँग पराजित भएको थियो।इलिमिनेटरमा जित्ने टिम दोस्रो क्वालिफायरमा पुग्ने छ भने हार्ने टिम बाहिरिने छ।बुधबार दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच पहिलो क्वालिफायर हुनेछ।सुदूरपश्चिम शीर्ष स्थानमा रहेर र जनकपुर दोस्रो स्थानमा रहेर प्लेअफ पुगेको थियो।

आजको क्वालिफायर जित्ने टिम सिधै फाइनल पुग्नेछ भने हार्ने टिमले इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। दोस्रो क्वालिफायरबाट फाइनल पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ।लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो।

छुटाउनुभयो कि ?

सुनसरी घटना प्रकरण- गृहमन्त्रालयले गर्यो सिडिओ सहित सुरक्षा प्रमुखको सरुवा

सुनसरी घटना प्रकरण- गृहमन्त्रालयले गर्यो सिडिओ सहित सुरक्षा प्रमुखको सरुवा

काठमाडौँ गृहमन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्...
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौँसांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सरकारले संघीय सांसदलाई ...
दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौंसुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर ...
विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

बुटवलनेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक रहेको बताएका छन्। पार्टीभित्र आन्तरिक कमजोरी ...