रुरुक्षेत्रका भौतिक पुर्वाधार निर्माण मा प्रदिप कुमार ज्ञवालीकाे जाेड


कृष्ण अन्जान रुरु

सँघिय र प्रदेश निर्वाचनकाे माहौल तात्दै गर्दा राजनैतिक दलहरूले आफ्ना प्रतिबद्धताहरु पनि सार्वजनिक गर्ने क्रम जारी छ । मुख्यतया भौतिक विकासका कामहरु सम्पन्न गर्नेकुराहरु प्रतिबद्धतामा समेटिएका छन । नेकपा एमालेका तर्फबाट गुल्मी क्षेत्र न १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदिप कुमार ज्ञवालीका तर्फबाट जारी प्रतिबद्धतामा अन्य गाउँ पालिका र नगरपालिका सँगै रुरुक्षेत्र गाउँपालिका भित्रका भौतिक पुर्वाधार हरुकाे स्तराेन्नति र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ । प्रतिबद्धतापत्रमाचौतारा ,भन्ज्याँग ,लाेक्मा ,ग्वादी माेटरबाटाे कालाेपत्रे गर्ने ,आमपाेखरा ,लामाखर्क ,ओखलढुंगा ,तालखाेला माेटरबाटाे स्तराेन्नति गर्ने कुरा उल्लेख गरिएकाे छ । यसैगरी चिदिगैरा भट्कुवा माेटरबाटाे र रानीवास टाहाटिम उल्लिखाेला माेटतबाटाे कालाेपत्रे गरिने प्रतिबद्धता गरिएकाे छ । यसै गरि च्यूरेककाे ज्वाईका पाेखरी ,कालथापे ,चितपाने , ठाडाबाट हुँदै एसमाेड सम्म सडक स्तराेन्नति गरिने भएकाे छ । च्यूरेककाे खानेपानीकाे समस्या समाधानका लागि जौखाेला ठुलापाेखरा लिफ्टिँग खानेपानी आयाेजनालाई अगाडि बढाउँदै च्यूरेकमा सर्वसुलभ एकघर एक धाराकाे व्यवस्थापन गरिने प्रतिबद्धता प्रतिनिधि सभाका उम्मेदवार प्रदिप कुमार ज्ञवालीले व्यक्त गर्नु भएकाे छ । रुरुक्षेत्रकाे समग्र विकासका लागि गुरुयोजना कार्यान्वयनमा ल्याईने छ भने कालीगण्डकी तटमा शवदाह गृहकाे निर्माण गरिने प्रतिबद्धता पत्रका उल्लेख छ ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...