आयल निगमलाई एक लिटर पेट्रोलमा साढे १४ रुपैयाँभन्दा धेरै नाफा, तत्काल भाउ नघटाउने


काठमाण्डाै – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ तत्काल नघटाउने बताएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेका कारण नाफामा रहेको र तिहार छठलगायतलाई ध्यान दिएर भाउ घटाउन माग बढिरहेको बेला निगमले विज्ञप्ति निकालेर तत्काल भाउ नघटाउने बताएको हो ।

भारतीय आयल कर्पोरेशनबाट नियमित भाउ घटेर आइरहेको भए पनि निगमले पुरानो नोक्सानीलाई देखाएर मूल्य समायोजन गरेको छैन । निगमले निकालेको विज्ञप्तिमा भारतबाट हिजो आइतवार प्राप्त नयाँ मूल्य सूचीअनुसार फेरि भाउ बढेर आएको र पुरानो घाटा रहेकोले भाउ घटाउन नसकिने उल्लेख छ ।

हिजो केही भाउ बढेर आउँदा पनि निगम अझै १५ दिनमा ३९ करोड रुपैयाँ नाफामा रहेको विज्ञप्तिमा उल्लेख छ । नयाँ मूल्य सूचीअनुसार निमगलाई डिजलमा प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा र ग्यासमा प्रतिसिलिन्डर तीन सय २५ रुपैयाँ घाटा रहेको विज्ञप्तीमा उल्लेख छ । तर निगमलाई पेट्रोल लिटरमा १४ रुपैयाँ ५६ पैसा, मट्टीतेलमा ३८ रुपैयाँ ५८ पैसा र हवाई इन्धन आन्तरिकतर्फ ४० रुपैयाँ ७८ पैसा तथा अन्तर्राष्ट्रियतर्फ ९० रुपैयाँ ९८ पैसा नाफा छ । 

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...