आयल निगमलाई एक लिटर पेट्रोलमा साढे १४ रुपैयाँभन्दा धेरै नाफा, तत्काल भाउ नघटाउने


काठमाण्डाै – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ तत्काल नघटाउने बताएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेका कारण नाफामा रहेको र तिहार छठलगायतलाई ध्यान दिएर भाउ घटाउन माग बढिरहेको बेला निगमले विज्ञप्ति निकालेर तत्काल भाउ नघटाउने बताएको हो ।

भारतीय आयल कर्पोरेशनबाट नियमित भाउ घटेर आइरहेको भए पनि निगमले पुरानो नोक्सानीलाई देखाएर मूल्य समायोजन गरेको छैन । निगमले निकालेको विज्ञप्तिमा भारतबाट हिजो आइतवार प्राप्त नयाँ मूल्य सूचीअनुसार फेरि भाउ बढेर आएको र पुरानो घाटा रहेकोले भाउ घटाउन नसकिने उल्लेख छ ।

हिजो केही भाउ बढेर आउँदा पनि निगम अझै १५ दिनमा ३९ करोड रुपैयाँ नाफामा रहेको विज्ञप्तिमा उल्लेख छ । नयाँ मूल्य सूचीअनुसार निमगलाई डिजलमा प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा र ग्यासमा प्रतिसिलिन्डर तीन सय २५ रुपैयाँ घाटा रहेको विज्ञप्तीमा उल्लेख छ । तर निगमलाई पेट्रोल लिटरमा १४ रुपैयाँ ५६ पैसा, मट्टीतेलमा ३८ रुपैयाँ ५८ पैसा र हवाई इन्धन आन्तरिकतर्फ ४० रुपैयाँ ७८ पैसा तथा अन्तर्राष्ट्रियतर्फ ९० रुपैयाँ ९८ पैसा नाफा छ । 

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...