अब बसाइँ सरेकै ठाउँबाट नागरिकताको प्रतिलिपि लिन पाइने



काठमाडौँ
नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ ले बसाइँ सरेकै ठाउँबाट समेत नेपाली नागरिकता तथा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लिन पाउने व्यवस्था गरेको छ ।
नियमावलीको नियम १६ ख मा नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन सकिने अवस्था, प्रक्रिया र आवश्यक कागजातबारे स्पष्ट व्यवस्था गरिएको हो। नियम १६ ख को उपनियम (१) अनुसार अब पाँच अवस्थामा नागरिकता वा गैरआवासीय नेपाली नागरिकताको प्रतिलिपि लिन सकिनेछ।

जसमा आगलागी भई वा पानीले भिजी नष्ट भएमा, च्यातिई काम नलाग्ने भएमा, हराएमा, बसाइँसराइ भएमा वा नयाँ ढाँचामा आवश्यक भएमा प्रतिलिपि लिन सकिने उल्लेख छ।

प्रतिलिपि लिन चाहने व्यक्तिले आवश्यक कागजात संलग्न गरी सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ।

नेपाली नागरिकताको प्रतिलिपिका लागि ऐनको दफा ३ र ५ बमोजिम जारी भएको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपिका लागि च्यातिई काम नलाग्ने भएको, बसाइँसराइ भएको र नयाँ ढाँचामा आवश्यक भएको अवस्थामा नागरिकताको सक्कल प्रति पेस गर्नुपर्नेछ।

यस्तै, आगलागी वा पानीले नष्ट भएको तथा हराएको अवस्थामा सोको प्रतिलिपि र प्रतिलिपिसमेत नभएमा राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी पुर्जामध्ये कुनै एक प्रमाणपत्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ । बसाइँसराइ भएको भए बसाइँसराइको प्रमाणपत्र र सम्बन्धित स्थानीय तहको सिफारिसपत्र संलग्न गर्नुपर्नेछ।

नियमावलीको उपनियम (३) ले डिजिटल अभिलेखसँग विवरण मिल्ने सेवाग्राहीलाई थप सहजता प्रदान गरेको छ । जसअनुसार सम्बन्धित व्यक्तिको वैयक्तिक विवरण ‘नागरिकता सूचना व्यवस्थापन प्रणाली’ मा रहेको विवरणसँग र जैविक विवरण प्रचलित कानूनबमोजिमको ‘राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली’ मा भएको विवरणसँग रुजु भएमा स्थानीय तहको सिफारिस आवश्यक पर्ने छैन ।

ऐनको दफा ७ क बमोजिम जारी भएको गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिनका लागि सक्कल प्रति (उपलब्ध हुन नसकेमा सोको प्रतिलिपि), हाल नागरिक रहेको मुलुकको नागरिकता वा राहदानी र सम्बन्धित स्थानीय तहको सिफारिस पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नियमावलीअनुसार नेपाली नागरिकताको प्रतिलिपिका लागि अनुसूची–१६ बमोजिम र गैरआवासीय नेपाली नागरिकताको प्रतिलिपिका लागि अनुसूची–१७ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ ।

छुटाउनुभयो कि ?

पत्रकार महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा

पत्रकार महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँनेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको सुनिश्चित...
रुपन्देहीमा २७ लाखभन्दा बढीको अवैध सामान बरामद, भारतीय कार पनि नियन्त्रणमा

रुपन्देहीमा २७ लाखभन्दा बढीको अवैध सामान बरामद, भारतीय कार पनि नियन्त्रणमा

बुटवलरुपन्देहीमा सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको गाडीका पार्टपुर्जासहित करिब २७ लाख रुपैयाँभन्दा...
यी हुन् यो वर्षका २० उत्कृष्ट करदाता

यी हुन् यो वर्षका २० उत्कृष्ट करदाता

काठमाडौँयो वर्षका लागि उत्कृष्ट २० करदाताको नाम घोषणा भएको छ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा विषयगत...
इनम प्रकरण: प्रधानमन्त्रीका सल्लाहकारसहित चार जनालाई पक्राउ गर्न जेनजी मुभमेन्ट नेपालको माग

इनम प्रकरण: प्रधानमन्त्रीका सल्लाहकारसहित चार जनालाई पक्राउ गर्न जेनजी मुभमेन्ट नेपालको माग

काठमाडौंजेनजी मुभमेन्ट नेपालले इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार (कुमार बेन) सहित प्रधान...