संसदीय दलका नेता आङ्देम्बेको प्रश्न: सम्पत्ति छानबिन हामीबाटै सुरु गरौँ, प्रधानमन्त्री तयार हो ?



काठमाडौं
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सम्पत्ति छानिबन आफूहरूबाटै सुरु गर्न प्रस्ताव राखेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले प्रतिपक्षीको नेताको रूपमा आफू र सत्ताको नेतृत्वकर्ता प्रधानमन्त्रीको सम्पत्ति छानबिन गरी सुरु गर्नु पर्ने बताए ।

“म विपक्षी दलको नेता हो । मेरो नाम भीष्मराज आङ्देम्बे हो । मैबाट सुरु गरौँ । र, प्रधामन्त्रीजीबाटै गरौँ । अरुबाट होइन । सम्पत्ति छानबिनको सुरुआत हामीबाटै सुरु गरौँ,” उनले भने ।
उनले प्रधानमन्त्रीले आर्जन गरेको सम्पत्ति अवैध नभएको आफूलाई विश्वास रहेको बताए । तर, जनताले यति धेरै सुन कहाँबाट आयो भनेर सोधिरहेको बताए ।
उनले प्रधानमन्त्रीको सम्पत्तिमा झन्डै दुई सय तोला सुन रहेको भन्दै मन्त्रीहरूको पनि सुन धेरै देखिएको बताए । “सुन आर्जनको स्रोत के हो रु नेपाली जनताले जान्न पाउनुपर्छ,” उनले भने ।
पूर्वप्रधानमन्त्री, उच्च राजनीतिक व्यक्ति र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई सम्पत्ति छानबिनका लागि तयार हो भन्दै प्रश्न गरे ।

“प्रतिपक्षी दलको नेताको रूपमा मबाट सुरु गरौँ । सत्ताको नेतृत्वको गरिरहनुभएको तपाईंबाट सुरु गरौँ । प्रधानमन्त्री तयार हो कि होइन रु म तयार छु । छानबिन आफूमाथि नगर्ने अरुमाथि मात्रै गर्ने भन्ने हुँदैन,” उनले प्रस्ट पारे ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...