लामो समयदेखि महँगिएको पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती



काठमाडौं
अमेरिका–इरान युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यका कारण लामो समयदेखि महँगिएको पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादव र नेपाल आयल निगमका अधिकारीहरूबीच भएको छलफलपछि इन्धनको मूल्य घटाउने निर्णय गरिएको हो।

सोही निर्णयअनुसार नेपाल आयल निगम लिमिटेडले मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ मूल्य घटाएको छ।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ, डिजेल तथा मट्टितेल प्रतिलिटर १९५ रुपैयाँ तथा आन्तरिक हवाई इन्धन प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १०० रूपैया घटाएर रू. २,०६० रुपैयाँ कायम गरिएकाे नेपाल आयल निगमले जनाएको छ।

छुटाउनुभयो कि ?

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...
औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...