मनसुनी प्रणाली देशका थप भागमा विस्तार



काठमाडौं
यस वर्षको मनसुनी प्रणाली देशका थप भूभागमा विस्तार भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका थोरै स्थानमा मनसुन फैलिएको हो ।
विभागका अनुसार नेपालमा यस वर्ष मनसुन औसत मितिभन्दा ६ दिन ढिलो गरी असार ५ गते कोशी प्रदेशबाट भित्रिएको थियो । हाल मनसुनी प्रणाली कमजोर अवस्थामा रहेकाले देशका बाँकी भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ । महाशाखाले अवस्थाअनुसार नियमित रूपमा अद्यावधिक जानकारी सार्वजनिक गर्ने पनि बताएको छ ।
महाशाखाले सर्वसाधारणलाई नियमित रूपमा तीन दिने मौसम बुलेटिन हेर्न र अद्यावधिक मौसमी सूचनाबारे जानकारी लिन आग्रह गरेको छ ।

छुटाउनुभयो कि ?

कामदार भन्छन् रोजगारी पाइएन, रोजगारदाता भन्छन् कामदार पाइएन

कामदार भन्छन् रोजगारी पाइएन, रोजगारदाता भन्छन् कामदार पाइएन

काठमाडौँ नेपाली श्रम बजार अहिले नागरिकले रोजगारी नपाउने र रोजगारदाताले चाहिएको जनशक्ति नभेट्ने विरोधाभासपूर्ण अवस्थाबाट गुज्र...
प्रहरी महानिरीक्षक कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– हामी न्यायाधीश नबनौँ

प्रहरी महानिरीक्षक कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– हामी न्यायाधीश नबनौँ

काठमाडौंगृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको बचाउ गर्दै सांसदलाई न्यायाधीश नबन्न चेतावनी दिएका छन् ।...
बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन असोजमा हुने

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन असोजमा हुने

बुटवलबुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन आगामी असोजमा हुने भएको छ । संघका अध्यक्ष हरिप्रसाद अ...
युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

काठमाडौंछ महिनाअघिसम्म खाडी देशहरूका लागि तेल बेच्न निकै सहज थियो। सबैभन्दा कम लागतमा तेल निकाल्ने होर्मुज स्ट्रेटको बाटो हुँ...